सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेजीको मागसहित शपथ रोक्ने दायर रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । संवैधानिक इजलासमा आज भएको सुनुवाइ पछि अदालतले रवि लामिछानेको शपथ रोक्न अन्तरिम आदेश दिन अस्विकार गरेको हो । यो मुद्दामा छलफल गर्नका लागि अर्को पेशी तोक्ने निर्णय भएको छ । बुधवार युवराज पौडेलले लामिछानेको सांसद पद खारेजीको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । यसअघि युवराजकै नेतृत्वमा लामिछानेको नागरिकता खारेज गर्न माग गर्दै गृहमन्त्रालयमा उजुरी परेको थियो । चितवन–२ बाट प्रतिनिधिसभामा निर्वाचित लामिछानेले अमेरिकी नागरिकता त्यागेपछि नयाँ नेपाली नागरिकता नलिएको विषयमा विवाद बढेको छ ।