आफ्ना सांसदलाई शपथ लिन आउँदा राष्ट्रिय पोसाक लगाउन एमालेको निर्देशन

बुधबार, पुस ६, २०७९

काठमाडौँ । नेकपा एमालेले प्रनिनिधिसभाका सांसदलाई शपथ ग्रहण समारोहमा राष्ट्रिय पोसाकमा उपस्थित हुन निर्देशन दिएको छ ।  एमालेका संसदीय दलका नेता तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट निर्वाचत सबै सांसदलाई राष्ट्रिय पोसाकमा उपस्थित हुन निर्देशन दिएका हुन् । प्रतिनिधिसभामा एमालेका ७८ सांसद छन् । नयाँबानेश्वरस्थित संसद् भवनमा बिहीबार दिउँसो १ बजे नवनिर्वाचित सांसदलाई शपथ ग्रहण गराउने कार्यक्रम छ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शम्शेर राणाले नवनिर्वाचित सांसदलाई पद तथा गोपनीयताको शपथ गराउने छन् । 
 

प्रकाशित मिति: बुधबार, पुस ६, २०७९  १९:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार