सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । संसदीय दलको नेता छान्न भएको मतदानको तस्बिर खिच्न आफू निकटका महिला सांसदलाई दबाब दिएको गगन थापा पक्षले आरोप लगाएको छ । गगन थापा पक्षले केही सांसदलाई संस्थापन पक्षले ‘ट्रयाप’मा पारेर मतदान गरेको तस्विर खिच्न बाध्य पारेको आरोप लगाएको हो। प्रधानमन्त्री देउवा श्रीमती आरजु राणा र गृहमन्त्री बालकृष्ण खाण पत्नी मञ्जु खाणले १३ जना सांसदलाई ‘ट्रयाप’मा पारेर मतदान गरेको फोटो खिच्न बाध्य पारेको गगन पक्षले आरोप लगाएको छ । संसदीय दल नेता छान्न भएको मतदान केही बेर अघि सकिएको छ ।
सिंहदरबारमा रहेको पार्टीको संसदीय दलको कार्यालयमा मतदान भएको हो । दलको नेता बन्न सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा प्रतिस्पर्धामा छन् । बिहान ८ बजेर ४० मिनेटमा सुरु भएको मतदान भर्खरै सकिएको छ । मतदान स्थलमा मोबाइल लग्न पाउने कि नपाउने भन्ने विषयमा विवाद हुँदा मतदान ४० मिनेट ढिला गरी सुरु भएको थियो । गगन थापा पक्षले मतदानस्थलमा मोबाइल लग्न पाउनु पर्ने भनिरहँदा देउवा पक्षले मोबाइल लग्न नपाउने अडान राखेको थियो । मतदान गरेको तस्विर खिच्न सक्ने आंकलन बिच मोबाइल लग्न दिन नदिने भन्ने विषयमा विवाद भएको थियो । मोबाइल लग्न नपाउने सहमति भएपछि मतदान सुरु भएको थियो ।