उम्मेदवारी फिर्ता लिन देउवालाई गगनको आग्रह

देउवाका समर्थक पूर्णवहादुरले पनि गगनलाई उम्मेदवारी फिर्ता लिन गरे आग्रह
मंगलबार, पुस ५, २०७९

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा उम्मेदवारी दिएका गगन थापाले उम्मदेवारी फिर्ता लिन सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् । सिंहदरबारस्थित दलको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गरेपछि महामन्त्री थापाले आफ्ना प्रस्तावक र समर्थक नेताहरुलाई धन्यवाद दिएका छन् । उनको प्रस्तावकमा डा.शेखर कोइराला छन् भने समर्थनमा उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेल छन् ।
उनीभन्दा अगाडि सभापति देउवाले उम्मेदवारी दर्ता गरेका थिए । महामन्त्री थापाले शान्त मनले सोच्न र आफ्नो उम्मेदवारी फिर्ता लिने ऐतिहासिक निर्णय लिन सभापति देउवालाई आग्रह गरेका छन् । उनले भने, ‘वरिष्ठ नेता रामचन्द्र पौडेललाई कांग्रेसको भविष्यप्रति चिन्ता गरेर परिवर्तनको सन्देश मनन गर्न आग्रह गर्दछु ।’ गगन थापाले कांग्रेसका सांसदहरुलाई जनमतको सम्मान गर्न र परिर्वतनको पक्षमा उभ्याउन समेत आग्रह गरेका छन् ।

ROS_KTM-20221220145426_ROS_65601671531747.jpg
गगनले उमेदवारी फिर्ता लिनुपर्छ : पूर्णबहादुर खड्का
संसदीय दलको नेतामा शेरबहादुर देउवालाई समर्थन गरेका कांग्रेस उपसभापति पूर्णबादुर खड्काले पुस्तान्तरण समयक्रममा हुने भन्दै 
संसदीय दलको नेताको उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन् ।  गगन थापालाई उमेदवारी फिर्ता लिन आग्रह गर्दै उनले पुस्तान्तरण केही समयपछि हुँदै जाने स्पष्ट पारे । 
खड्काले उनका समर्थक देउवा भारी मतान्तरसहित संसदीय दलको नेतामा निर्वाचित हुने दावी पनि गरे । 
“नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी हो, संसदीय व्यवस्थाका लागि लडेको पार्टी हो । यो पार्टीमा संसदीय दलमा हुने प्रतिस्पर्धालाई सकारात्मक रुपमा लिनुपर्छ,” खड्काले भने, “पार्टीका प्रतिनिधिसभाका सदस्यहरुले मतदान गर्नुहुनेछन् । उमेदवारीको समर्थकको हिसावले भन्न चाहन्छु शेरबहादुर देउवा भारी मत सहित जित्नुहुनेछ ।” 

प्रकाशित मिति: मंगलबार, पुस ५, २०७९  १६:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार