गगन थापालाई प्रदीप पौडेलको पनि साथ 

मंगलबार, पुस ५, २०७९

काठमाडौं । कृष्णप्रसाद सिटौला समूहमा खुलेका नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल संसदीय दलको निर्वाचनमा भने महामन्त्री गगन थापाको पक्षमा खुलेका छन् । नेता पौडेल कांग्रेस संसदीय दलको नेताको चुनावमा थापाको समर्थक बनेका छन् ।
कृष्ण सिटौला निकट पौडेल गत महाधिवेशनमा देउवा प्यानलबाट महामन्त्रीको उम्मेदवार थिए । संसदीय दलको नेतामा उम्मेदवारी मनोनयन दर्ता गर्ने दिन भने उनी शेखर कोइराला र गगन थापाको पक्षमा खुलेका हुन् ।
थापालाई संसदीय दलको नेतामा कोइरालाले प्रस्ताव गरेका छन् । कांग्रेस उपसभापति धनराथ गुरुङ र महामन्त्री विश्वप्रकाश शर्माले संसदीय दलको नेतामा थापाको समर्थक बसेका छन् ।
 

प्रकाशित मिति: मंगलबार, पुस ५, २०७९  १४:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार