देउवालाई संसदीय दलको नेतामा रामचन्द्र पौडेलले प्रस्ताव गर्ने

मंगलबार, पुस ५, २०७९

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस संसदीय दलको नेतामा सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रस्ताव गर्ने बताएका छन् । सिंहदरबारमा संसदीय दलको नेताको मनोनयनका लागि पुगेका पौडेलले मंगलवार सञ्चारकर्मीसँग भने, ‘अहिलेको अवस्थामा देउवालाई सर्वसम्मत संसदीय दलको नेतामा चुन्नुपर्छ ।’ देउवा मनोनयनका लागि सिंहदरबार पुगिसकेका छन् । देउवा दलबलसहित दिउँसो २ बजे सिंहदरबार पुगेका हुन् ।
कांग्रेस संसदीय दलमा संस्थापनइतरबाट महामन्त्री गगन थापाले उम्मेदवारी दिँदैछन्। ८९ सांसद रहेको कांग्रेसमा संसदीय दलको नेता बन्न ४५ मत भए पुग्छ। अहिलेको समीकरण हेर्दा देउवा पक्षमा ५२ सांसद रहेका छन् भने शेखर पक्षमा २४ सांसद रहेका छन्। बाँकी सांसद वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह र डा शशांक कोइराला पक्षमा रहेका छन् ।
 

प्रकाशित मिति: मंगलबार, पुस ५, २०७९  १४:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार