हाम्रा एजेन्डा सम्बोधन गर्ने प्रतिबद्धता आए सरकारमा जान्छौँ : रवि लामिछाने

सोमबार, पुस ४, २०७९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन–२ का प्रतिनिधिसभा सदस्य रवि लामिछानेले आफ्ना एजेन्डा सम्बोधन गर्ने प्रतिबद्धता आए सरकारमा जाने बताएका छन् । निर्वाचन आयोगद्वारा आज आयोजित कार्यक्रममा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै लामिछानेले जनजीविकाका मुद्दा सम्बोधन गर्ने प्रतिबद्धता आए सरकारमा जान सक्ने बताए । 
उनले भने, ‘सरकारमा जानका लागि मात्र सरकारमै जान्नौँ ।’ सोमबार नै रास्वपा संसदीय दलको नेतामा चयन भएका लामिछानेले आफूहरूबिना पनि सरकार बन्ने तर मुलुकलाई अनिर्णयको बन्दी बन्न नदिने स्पष्ट पारे । 
रास्वपा संसदीय दलका नेता लामिछानेले सरकारमा जाने विषयमा पार्टीले ढोका बन्द नगरेको पनि बताए । उनले आफ्नो पार्टी अनिर्णयको बन्दी बनेर नबस्ने स्पष्ट पारे । उनले सरकारमा जानु मात्रै ठूलो कुरा नभएको भन्दै कस्को नेतृत्वमा कस्ता एजेन्डाहरु लिएर जाने कुरा महत्वपूर्ण हुने बताए ।
लामिछानेले भने, ‘हामी सरकारमा नजाँदा बहुमतै नपुग्ने स्थिति त छैन । तर, केही सहज बनाउला । केका लागि सरकारमा जाने भन्ने स्पष्ट हुनुपर्छ । अहिले हामी स्थितिलाई नियालिरहेका छौं ।’
 

प्रकाशित मिति: सोमबार, पुस ४, २०७९  १७:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार