पुस ६ गते हुने कांग्रेसको संसदीय दलको नेतामा उम्मेदवारी दिन ५१ हजार तिर्नुपर्ने, यस्तो छ कार्यतालिका

सोमबार, पुस ४, २०७९

काठमाडौं । नेपाली कांग्रेसले पुस ६ गते संसदीय दलको नेता छान्ने भएको छ । निर्वाचन पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा हुने संसदीय दल निर्वाचन समितिका संयोजकसमेत रहेका कांग्रेस सहमहामन्त्री भीष्मराज आङ्देम्बेले जानकारी दिए।
संसदीय दलको नेताका लागि पुस ६ गते बिहान ८ बजेदेखि १० बजेसम्म निर्वाचन तग गरिएको छ। संसदीय दल निर्वाचनका लागि भीष्मराज आङ्दम्बे संयोजक तथा पुष्पा भुसाल र प्रकाश रसाइली स्नेही सदस्य रहेको निर्वाचन समिति गठन गरिएको छ । 
कांग्रेसको संसदीय दलको नेतमा प्रतिस्पर्धा गर्न चाहनेले ५१ हजार रुपैयाँ दाखिल गरेर उम्मेदवारीका लागि दरखास्त दिनुपर्नेछ। हाल कांग्रेसमा संसदीय दलको नेताका लागि प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा तथा देउवा इतर समूहका नेता डा.शेखर कोइरालाको नाम चर्चामा छ।

यस्तो छ कार्यतालिका
कांग्रेसले संसदीय दलको नेता चयनको लागि कार्यतालिका सार्वजनिक गरेको छ। संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समितिले जारी गरेको कार्यतालिका अनुसार पुस ४ गते मतदाता नामावली सार्वजनिक गरिनेछ। पुस ४ गते नै मतदाता नामावली उपर दाबी विरोध गर्नका लागि समय छुटायइएको छ। दाबी विरोध उपर जाँचबुझ गरि पुस ४ गते दिउँसो ४ बजे अन्तिम नामावली प्रकाशन गरिनेछ।

cong1671449497.jpg
पुस ५ गते उम्मेदवारको लागि दरखास्त लिइनेछ। उम्मेदवार बन्न चाहनेहरुले बिहान ८ बजेदेखि १० बजेसम्म ५१ हजार रुपैयाँ तिरेर दरखास्त दिन सक्नेछन्। ५ गते बिहान १०ः३० बजे उम्मेदवारको प्रथम नामावली प्रकाशन र ११ बजेदेखि ११ः३० बजेसम्म उम्मेदवारको दरखास्त उपर दाबी विरोध गर्नका लागि समय छुट्याइएको छ।
यस्तै,  पुस ५ गते नै दिउँसो १२ बजे दाबी विरोध उपर जाँचबुझ गरि उम्मेदवारको दोस्रो नामावली प्रकाशन गरिनेछ। उम्मेदवारले दिउँसो १२ः३० देखि २ः३० बजेसम्म आफ्नो नाम फिर्ता लिन चाहेमा फिर्ता लिन पाउनेछन् । पुस ५ गते दिउँसो ३ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तालिका समितिले जारी गरेको छ । 

प्रकाशित मिति: सोमबार, पुस ४, २०७९  १७:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार