पुस ७ गते प्रतिनिधिसभाका सांसदको शपथ

सोमबार, पुस ४, २०७९

काठमाडौं । प्रतिनिधिसभामा निर्वाचित नयाँ सांसदहरूको शपथ पुस ७ गते हुने भएको छ । मंसिर ४ को निर्वाचनबाट निर्वाचित भएर आएका प्रतिनिधिसभाका २ सय ७५ सांसदलाई पुस ७ गते १ बज सपथ खुवाइने संसद सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले जानकारी दिए । नयाँ सांसदहरूको शपथका लागि सचिवालयले तयारी अन्तिम चरणमा पुर्‍याएको छ ।
ज्येष्ठ सदस्यलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ ग्रहण गराएपछि अन्य सांसदहरूलाई ती ज्येष्ठ सदस्यले शपथ गराउनेछन् । शपथग्रहण कसले गराउने भन्नेबारे पनि संसद् सचिवालयले तयारी गरेको छ ।
नागरिकताका आधारमा माओवादी केन्द्रका सांसद महिन्द्रराय यादव ज्येष्ठ सदस्य भए पनि राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले शपथ गराउने सम्भावना छ । उनी ८१ वर्षका छन् । २०७४ सालको प्रतिनिधिसभा सदस्यहरूलाई महन्थ ठाकुरले शपथ ग्रहण गराएका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ प्रधानमन्त्रीका लागि पुस १० गतेभित्र दाबी पेस गर्न आह्वान गरेकी छन् ।

नयाँ राजनीतिक दल सङ्घीय संसद् सचिवालयको सम्पर्कमा 
प्रतिनिधिसभाको निर्वाचनमार्फत उदाएका नयाँ राजनीतिक दल सङ्घीय संसद् सचिवालयको सम्पर्कमा आउन थालेका छन् । सचिवालयका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत दलले सम्पर्क गरेका छन् । आइतबार ती राजनीतिक दलले संसदीय प्रक्रियाका बारेमा जानकारी लिएका थिए । 
राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि आएर संसदीय प्रक्रिया र आफूहरु रहने कार्यालयका बारेमा जानकारी लिएका छन् । कांग्रेस, एमाले माओवादी केन्द्र, राप्रपा, जनमोर्चा, नेमकिपा, जसपा, लोसपा दलहरुले संसदीय अभ्यायसमा भाग लिएसकेको छन् 
यस पटकको निर्वाचनबाट उदाएका राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीले संसदीय अभ्यासका बारेमा पहिलो पटक अभ्यास गर्दै छन् । 
नेकपा एसका निर्वाचित सांसदले यसअघि फरक पार्टीबाट संसदीय अभ्यास गरेपनि एसबाट संसदीय अभ्यास गर्न लागेको यो पहिलो पटक नै हो । मंसिर ४ को निर्वाचन पछि १२ राजनीतिक दलको संसद्मा प्रतिनिधित्व रहने छ । त्यस्तै पाँच स्थानमा स्वतन्त्र उम्मेदवार विजयी भएका थिए ।
सङ्घीय संसद्मा प्रतिनिधित्व जनाएका नयाँ राजनीतिक दललाई ‘हेल्लो सरकार’ रहेको स्थानमा कार्यालय उपलब्ध गराउने तयारी गरेको छ । 

प्रकाशित मिति: सोमबार, पुस ४, २०७९  १४:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार