रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेता 

सोमबार, पुस ४, २०७९

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको नेतामा सभापति रवि लामिछानेलाई चयन गरेको छ । पार्टीका सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले संसदीय दलको आज बसेको बैठकले प्रारम्भिक निर्वाचनमा सभापति लामिछाने निर्विरोध निर्वाचित भएको जानकारी दिएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ७ र समानुपातिकतर्फ १३ सिट गरी कूल २० सिट प्राप्त गरेको छ ।

प्रकाशित मिति: सोमबार, पुस ४, २०७९  १३:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार