सांसदहरूको सपथ ग्रहणपछि मात्रै नयाँ सरकार : प्रचण्ड

आइतबार, पुस ३, २०७९

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सांसदहरुको सपथ ग्रहणपछि मात्रै सरकार गठनको प्रक्रिया अघि बढाउनुपर्ने बताएका छन् । पार्टी कार्यालयमा नवनिर्वाचित सांसदहरुलाई बधाई दिँदै उनले छिट्टै नयाँ सरकार गठन हुने पनि बताए । उनले आज बसेको पदाधिकारी बैठकमा सांसदहरुको सपथ ग्रहण नगर्दा नै सरकार गठन गर्नु सही नभएको निष्कर्ष निकालिएको बताए । 
“विगतमा सरकार गठन गर्दा सांसदहरुको बैठक राख्दा सांसदहरुको बैठक नहुँदै सरकार गठनको नजिर जस्तो बन्न गएको छ । त्यो सही होइन्,” उनले भने ।  उनले निर्वाचन आयोगले राष्ट्रपति कहाँ र राष्ट्रपति कार्यलयबाट निर्वाचित सांसदहरुको नाम गइसकेपछि जेष्ठ सदस्यको अध्यक्षतामा बैठक बसेर सपथ ग्रहण गरेपछि मात्रै सरकार गठनको प्रक्रिया अघि बढाउनु सुल्टो हुने बताए ।  “जेष्ठ सदस्यको अध्यक्षतामा बैठक बसेर पहिला प्रतिनिधिसभाका सबै सदस्यको सपथ ग्रहण गराइसकेपछि सबै पार्टीका संसदीय दलको बैठक बस्नु र सरकार गठनको प्रक्रिया पनि सांसदहरुको सपथ ग्रहण गराइसकेपछि गर्नु सुल्टो हुन्छ । उचित हुन्छ । विगतको परम्परा पनि त्यही हो,” उनले पदाधिकारी बैठकको निष्कर्ष सुनाउँदै भने ।

माओवादी केन्द्रको पदाधिकारी बैठकमा राजनीतिक परिस्थितिबारे छलफल

माओवादी केन्द्रको केन्द्रीय पदाधिकारी बैठक पार्टी मुख्याललय पेरिसडाँडामा बसेकाे बैठकमा समसामयिक राजनीतिक परिस्थिति, संसदीय दलको नेता चयनलगायतका बारेमा छलफल भएकाे छ । पदाधिकारी बैठकमा प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूकाे पनि सहभागिता रहेका थियाे । बैठकका क्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवनिर्वाचित सांसदलाई बधाई दिने कार्यक्रम रहेको उनले जानकारी दिए । 
माओवादी केन्द्रले समानुपातिक सांसदले निर्वाचित भएको प्रमाणपत्र लिएपछि दलको नेता चयन गर्ने तयारी गरेको थियो । निर्वाचन आयोगले आज प्रतिनिधिसभाको समानुपातिकतर्फ निर्वाचित सांसदलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको छ । प्रतिनिधिसभामा माओवादीको प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ १४ गरी ३२ सांसद छन् ।

प्रकाशित मिति: आइतबार, पुस ३, २०७९  १७:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार