मेयर्स-११ को टोली प्रमुख प्रशासकीय अधिकृत-११ सँग पराजित 

शुक्रबार, पुस १, २०७९

ललितपुर । ललितपुर महानगरपालिकाको १ सय ४ औं स्थापना दिवसको अवसरमा आयोजित मैत्रीपूर्ण खेलमा मेयर्स ११ को टोली प्रमुख प्रशासकीय अधिकृत ११ सँग पराजित भएको छ ।

319625998_3381481542172440_4884675474181908099_n1671204331.jpg

जावलाखेलस्थित फुटबल मैदानमा भएको खेलमा अधिकृत ११ले मेयर्स ११ लाई ३-१ ले हरायो । पहिलो हाफमा अधिकृत ११ ले २-० को अग्रता लिएको थियो । दोस्रो हाफमा दुवै टोलीबाट १-१ गोल भएको थियो । अधिकृत ११ को तर्फबाट प्रसाशन प्रमुख सागर थापाले दुई गोल गरे । नगर प्रहरी मदन महर्जनले एक गोल गरेका थिए ।

319546123_496984512531044_7501296932678632422_n1671204364.jpg

जनप्रतिनिधिको तर्फबाट वडा नम्बर १ का अध्यक्ष राजेन्द्र महर्जनले गोल गरेका थिए । मेयर ११ को कप्तानमा ललितपुर महानगरपालिका मेयर चिरबाबु महर्जन र अधिकृत ११ को कप्तानमा प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले कप्तानी गरेका थिए ।

319619240_3401392800142156_6992018217060813389_n1671204362.jpg

318676602_881429546383849_1868902211486059322_n1671204401.jpg

प्रकाशित मिति: शुक्रबार, पुस १, २०७९  २१:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार