ललितपुर महानगरका जनप्रतिनिधि र कर्मचारी फुटबल मैदानमा भिड्दै

‘मेयर भर्सेस सिएओ’ फुटबल प्रतियोगिता  रोमाञ्चक हुने अनुमान 
शुक्रबार, पुस १, २०७९

ललितपुर । ललितपुर महानगरका जनप्रतिनिधि र कर्मचारी शुक्रवार अपराह्न फुटबल मैदानमा प्रतिस्पर्धा गर्दैछन् ।
ललितपुर महानगरले महानगर स्थापनाको एक सय ४ वर्ष प्रवेश गरेको अवसरमा ‘मेयर भर्सेस सिएओ ‘ नाम दिएर फुटबल प्रतियोगिता आयोजना गरेको हो ।
महानगर प्रमुख चिरीबाबु महर्जनले जनप्रतिनिधि र कर्मचारीबीच हार्दिकता बढाउन यो प्रतियोगिता आयोजना गरिएको बताए । उनले भने, ‘अरु बेला पनि हामी एउटै मैदान हुन्थ्यौं, अहिले पृथक सन्दर्भ र विषयमा हामी एउटै मैदान छौं ।’ प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले यस्ता प्रतियोगिताले एक आपासमा हार्दिकता बढाउने बताए ।                  उनले भने, ‘प्रतियोगितामा भाग लिदाँ अपनत्व बढ्छ, मनोरञ्जन हुने त भै नै हाल्यो ।’ यो प्रतियोगिता रोमाञ्चक हुने अनुमान गरिएको छ ।

ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन कुनै समयमा खुबै फुटबल खेल्थे । त्यसैगरी महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालको ‘म्यानेज्ड बडी स्टक्चर’ कारण उनले खेलकुदलाई प्राथमिकतामा  राखेको अनुमान गर्नेहरु प्रशस्तै छन् । नगरप्रमुखको टिममा रहेका अन्य जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतको टिममा रहेका कर्मचारीहरु पनि कुनै न कुनै रुपमा खेलकुदमा सक्रिय रहेका छन् । 
 ललितपुर महानगर वि.सं १९७५ मा सरसफाई लगायतका काम गर्नका लागि छेमडोल अड्डाको रुपमा स्थापना भएको थियो ।

उक्त अड्डाले वि.सं २००९ मा ललितपुर नगरपालिका, वि.सं.२०५२ मा ललितपुर उप महानगरपालिका, वि.सं. २०१८ मा ललितपुर नगरपंचायत, वि.संं. २०४७ सालमा पुनः ललितपुर नगरपालिका र वि.संं २०५२ सालमा ललितपुर उप महानगरपालिकाको काम गर्दै आएको थियो । मुलुक संघीयतामा गएपछि २०७४ को स्थानीय तहको निर्वाचन घि २०७३ चैत १० गतेदेखि यो कार्यालयले महानगरको रुपमा आफ्नो सेवा विस्तार गरी कार्य सम्पादन गर्दै आएको छ ।

प्रकाशित मिति: शुक्रबार, पुस १, २०७९  ११:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार