ललितपुर महानगरका जनप्रतिनिधि र कर्मचारी फुटबल मैदानमा भिड्दै

प्रतियोगिता रोमाञ्चक हुने अनुमान 
शुक्रबार, पुस १, २०७९

ललितपुर । ललितपुर महानगरका जनप्रतिनिधि र कर्मचारी शुक्रवार अपराह्न फुटबल मैदानमा प्रतिस्पर्धा गर्दैछन् । 
ललितपुर महानगरले महानगर स्थापनाको एक सय ४ वर्ष प्रवेश गरेको अवसरमा ‘मेयर भर्सेस सिएओ ‘ नाम दिएर फुटबल प्रतियोगिता आयोजना गरेको हो । 
महानगर प्रमुख चिरीबाबु महर्जनले जनप्रतिनिधि र कर्मचारीबीच हार्दिकता बढाउन यो प्रतियोगिता आयोजना गरिएको बताए । उनले भने, ‘अरु बेला पनि हामी एउटै मैदान हुन्थ्यौं , अहिले पृथक सन्दर्भ र विषयमा हामी एउटै मैदान छौं ।’ 
प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले यस्ता प्रतियोगिताले एक आपासमा हार्दिकता बढाउने बताए । उनले भने, ‘ प्रतियोगितामा भाग लिदाँ अपनत्व बढ्छ , मनोरञ्जन हुने त भै नै हाल्यो ।’ 
ललितपुर महानगर वि।सं १९७५ मा सरसफाई लगायतका काम गर्नका लागि छेमडोल अड्डाको रुपमा स्थापना भएको थियो । उक्त अड्डाले वि.सं २००९ मा ललितपुर नगरपालिका, वि।सं. २०५२ मा ललितपुर उप–महानगरपालिका, वि.सं.२०१८ मा ललितपुर नगरपंचायत,  वि.संं.२०४७ सालमा पुनः ललितपुर नगरपालिका र वि.संं २०५२ सालमा ललितपुर उप  महानगरपालिकाको काम गर्दै आएको थियो । मुलुक संघीयतामा गएपछि २०७४ को स्थानीय तहको निर्वाचन घि २०७३ चैत १० गतेदेखि यो कार्यालयले महानगरको रुपमा आफ्नो सेवा विस्तार गरी कार्य सम्पादन गर्दै आएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, पुस १, २०७९  ११:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार