निर्वाचन आचारसंहिता आजदेखि निष्कृय

सोमबार, मंसिर २६, २०७९

काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगबाट जारी निर्वाचन आचारसंहिता, २०७९ आजदेखि निष्कृय भएको छ । यही मङ्सिर ४ गते सम्पन्न निर्वाचनका लागि जारी आचारसंहिता आजदेखि लागू नरहने निर्णय भएको निर्वाचन आयोगले जनाएको छ । 
आयोगले आचारसंहिता लागू नरहेको निर्णयको जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सम्पूर्ण मन्त्रालय तथा संवैधानिक निकायमा गराएको छ । निर्वाचन आचारसंहिता, २०७९ को दफा १ को उपदफा (२) बमोजिम गत असोज १२ देखि सो आचारसंहिता मुलुकभर लागू गरिएको थियो । 
 

प्रकाशित मिति: सोमबार, मंसिर २६, २०७९  १७:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार