निर्वाचनमा अन्तर्घात गर्नेहरूको विवरण पठाउन काभ्रे कांग्रेसको निर्देशन

सोमबार, मंसिर २६, २०७९

काठमाडौं । नेपाली कांग्रेस जिल्ला कार्यसमिति काभ्रेपलान्चोकले सबै वडा कार्यसमितिलाई ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा असहयोग र अन्तर्घात गर्नेहरूको विवरण पठाउन निर्देशन दिएको छ ।

सबै वडा कार्यसमितिलाई सम्बोधन गर्दै २४ मंसिरमा पठाएको पत्रमा १ पुससम्ममा जिल्ला अनुसासन समितिमा अन्तर्घात गर्नेहरूको नाम सिफारिस गर्न निर्देशन दिएको हो ।

प्रकाशित मिति: सोमबार, मंसिर २६, २०७९  १६:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार