दलहरूद्वारा समानुपातिकबाट निर्वाचित हुने उम्मेदवारको नाम सिफारिस

शनिबार, मंसिर २४, २०७९

काठमाडौँ । राजनीतिक दलहरूले आज समानुपातिक निर्वाचन प्रणाली तर्फबाट निर्वाचित हुने उम्मेदवारको नाम निर्वाचन आयोग समक्ष सिफारिस गरेका छन् । समानुपातिक निर्वाचन प्रणालीतर्फ सर्वाधिक मत प्राप्त गरेको नेकपा एमालेले प्रतिनिधि सभामा पार्टीलाई ३४ जना उम्मेदवारको नाम सिफारिस गरेको एमालेका नेता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
एमालेले समानुपातिकतर्फ प्रतिनिधि सभाका लागि आदिवासी जनजातिको पुरुष तर्फबाट देवीप्रसाद भट्ट चन्द, हेमराज राई र कालुराम राईको नाम सिफारिस गरेको छ ।
यस्तै महिला आदिवासीतर्फबाट नैनकला थापा मगर, सूर्यकुमारी श्रेष्ठ, उर्मिला थेबे, ईश्वरी घर्ती, रणकुमारी बलम्पाकी मगर, शान्ति श्रेष्ठ, सरस्वती सुब्बाको नाम सिफारिस गरेको छ ।
यसैगरी एमालेले खस आर्य पुरुषतर्फ रघुजी पन्त, एकनाथ ढकाल, दयालबहादुर शाही तथा खस आर्य महिला तर्फबाट मेनुकाकुमारी पोखरेल, सरिता भुसाल, शोभा ज्ञवाली, बिजुला रायमाझी, निर्मला कोइराला, सम्झना थपलिया, दिपा शर्मा र सुनिता बरालको नाम सिफारिस गरेको छ ।
एमालेले थारु महिलातर्फ आश्मा कुमारी चौधरी र शान्ति चौधरीको नाम सिफारिस गरेको छ भने दलित पुरुषतर्फ ईश्वरबहादुर रिजाल, प्रभु हजारा पाश्वान, चन्द्रबहादुर विश्वकर्मा र दलित महिलातर्फ रुक्मिणी राणा बराइली र हर्कमाया विश्वकर्माको नाम सिफारिस गरेको छ ।
यस्तै एमालेले मधेसी पुरुष गंगा प्रसाद यादव र अमृतराज लालवंशी तथा मधेशी महिलातर्फ बिनादेवी, अमृतादेवी अग्रहरी तथा प्रतीक्षा तिवारी मुखियाको नाम सिफारिस गरेको छ ।
यस्तै एमालेले मुस्लिम तर्फबाट सराज अहमद फारखीको नाम सिफारिस गरेको छ ।
समानुपातिकतर्फ ३२ सिट पाएको नेपाली काँग्रेसले पनि प्रतिनिधि सभामा ३ पुरुष र २९ महिलाको नाम सिफारिस गरेको छ ।
काँग्रेसले सिफारिस गरेको तीन जना पुरुषमा जीवन परियार, विमलेन्द्र निधि र प्रकाशशरण महत छन् । 
नेपाली काँग्रेसले आदिवासी जनजातिबाट सरस्वती बजिमय, लीलादेवी बोखिम, सिता कुमारी राना, सुशीला थिङ, सपना राजभण्डारी, माया राई, कुसुम थापामगर र मनोरमा शेरचनको नाम सिफारिस गरेको छ ।
यस्तै खस आर्यतर्फ अम्बिका बस्नेत, सरिता प्रसाईँ, आरजु राणा देउवा, ईश्वरी न्यौपाने, प्रतिमा गौतम, मञ्जु खाँण, रमा कोइराला पौडेल, कान्तिका सेजुवाल र मैना रावल कार्कीको नाम नेपाली काँग्रेसले निर्वाचन आयोग समक्ष सिफारिस गरेको छ ।
यस्तै मधेसीतर्फ, नागिना यादव, मुक्ता कुमारी यादव, चन्दा चौधरी, सङ्गीता मण्डल र निनुकुमारी कर्णको नाम सिफारिस गरेको नेपाली काँग्रेसले जनाएको छ ।
यसैगरी नेपाली काँग्रेसले दलिततर्फ शान्ति विक, रुपा विक, सीता मिजार र आशा विकको नाम सिफारिस गरेको छ भने थारुतर्फबाट कल्पना चौधरी र बिनाकुमारी थनेत तथा मुस्लिम तर्फबाट जावेदा खातुन जागाको नाम सिफारिस गरेको छ ।
नेकपा माओवादी केन्द्रले पनि आज नै निर्वाचन आयोग समक्ष १४ जना समानुपातिक तर्फबाट निर्वाचित हुने उम्मेदवारहरूको नाम सिफारिस गरेको छ ।
माओवादी केन्द्रले आदिवासी महिलातर्फ दुर्गा राई, मिना तामाङ, उर्मिला माझी पौडेल, छिरिङ ल्यामु लामा तामाङको नाम सिफारिस गरेको छ भने खस आर्य पुरुषतर्फ हितराज पाण्डे र महिलातर्फ ज्ञानु बस्नेत सुवेदी, विमला सुवेदी, नारायणी शर्माको नाम सिफारिस गरेको छ ।
यस्तै माओवादी केन्द्रले थारुतर्फ रुपासोसी चौधरी तथा दलिततर्फ रणेन्द्र बराली, सुशीला श्रीपाली ठकुरी तथा मधेसीतर्फ मिना यादव र उमरावती देवी यादवको नाम सिफारिस गरेको छ ।
माओवादी केन्द्रले पिछडिएको क्षेत्रको तर्फबाट कल्पना मियाँको नाम निर्वाचन आयोग समक्ष सिफारिस गरेको छ ।
यसैगरी समानुपातिक निर्वाचन प्रणाली तर्फ प्रतिनिधि सभामा १३ सिट प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि आज नै निर्वाचन आयोग समक्ष पार्टीका तर्फबाट निर्वाचित हुने उम्मेदवारको नाम सिफारिस गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट दलिततर्फ सन्तोष परियार र शिव नेपालीको नाम सिफारिस भएको छ भने आदिवासीरजनजातितर्फ डा. ढाकाकुमार श्रेष्ठ, इन्दिरा रानामगर, सुमना श्रेष्ठको नाम सिफारिस भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले खस आर्यतर्फबाट डा. चन्दा कार्की, डोलप्रसाद अर्याल, निशा डाँगी र विनीता कठायत तथा मधेसीतर्फ लक्ष्मी तिवारी र मनिष झाको नाम सिफारिस गरेको छ ।
यस्तै थारुबाट अशोककुमार चौधरी र मुस्लिमबाट असिम शाहलाई निर्वाचन आयोग समक्ष सिफारिस गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले जनाएको छ ।
आज नै पार्टीहरूले समानुपातिकतर्फ सात वटै प्रदेश सभामा आ–आफ्नो दलको भागमा परेका सिटहरूमा पनि उम्मेदवारको नाम निर्वाचन आयोग समक्ष पेश गरेका छन् ।

प्रकाशित मिति: शनिबार, मंसिर २४, २०७९  २१:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार