एमालेले तय गर्‍यो प्रदेशतर्फको समानुपातिक सांसदको नाम (सूचिसहित)

शनिबार, मंसिर २४, २०७९

काठमाडौं । नेकपा एमालेले प्रदेश तर्फको समानुपातिक सांसदको नाम टुङ्गो लगाएको छ । पार्टी मुख्यालय च्यासल ललितपुरमा शनिबार बसेको पदाधिकारीको बैठकले नाम टुङ्गो लगाएको हो । आजै एमालेले समानुपातिक सूचीमा निर्वाचन आयोगमा बुझाएको छ । 

पार्टी उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङका अनुसार बैठक अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसी सबै प्रदेशका लागि समानुपातिक सांसदको नाम टुङ्गो लगाएको छ । सो अवसरमा अध्यक्ष ओलीले निर्वाचन परिणाम र पार्टीको आगामी कार्यभारका विषयमा धारणा राखेका थिए । 
अध्यक्ष ओलीले मंसिर ४ गते सम्पन्न निर्वाचन परिणामबाट मुलुक अस्थिरतातर्पm जाने अवस्था देखिएको बताउँदै क्षयीकरण भइरहेको सामाजिक मूल्य मान्यता र आर्थिक सङ्कटतर्फ धकेलिएको मुलुकलाई सही बाटोमा ल्याउन पार्र्टीले भूमिका निर्वाह गर्नुपर्ने बताएका थिए । 
बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारहरूको अन्तिम सूची निर्वाचन आयोगमा पठाउने निर्णय गरेको छ ।
यही मंसिर ४ गते सम्पन्न निर्वाचनमा नेकपा एमालेले समानुपातिकतर्फ सर्वाधिक मत प्राप्त गरेको छ । सो अनुसार एमालेबाट प्रतिनिधिसभा सदस्यमा ३४ जना र सात प्रदेशसभामा ७० जना प्रदेशसभा सदस्य गरी १०४ जना निर्वाचित हुनुहुनेछ । 
प्रदेश–१ मा १५ जना, मधेश प्रदेशमा ८ जना, बागमतिमा –१४ जना, गण्डकीमा –१० जना, लुम्बिनीमा ११ जना, कर्णालीमा ५ जना र सुदूरपश्चिममा –७ जना निर्वाचित भएका छन् । 
एमाले प्रचार विभाग सचिव गगन विष्टका अनुसार एमालेले पार्टी बैठकबाट तयार गरेको सबै सूची निर्वाचन आयोगमा आज बुझाएको छ । 

प्रकाशित मिति: शनिबार, मंसिर २४, २०७९  २०:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार