सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेकपा एमालेका नेता शंकर पोखरेल लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पुनः नियुक्त भएका छन् । मुख्यमन्त्री पदबाट पोखरेलले आइतबार नै राजीनामा दिएका थिए । आफूविरुद्धको अविश्वास प्रस्ताव छल्न पोखरेलले मुख्यमन्त्रीबाट राजीनामा दिँदै नयाँ सरकार गठनको बाटो रोजेका हुन् । पोखरेलले आफूविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको ३ घण्टामा जनता समाजवादीका तीन जना सांसदलाई मन्त्रिपरिषद्मा समावेश गरी अविश्वास प्रस्तावलाई प्रभावहीन तुल्याएका थिए । नेपालको संविधानको धारा १६८ को उपधारा १ बमोजिम बहुमत प्राप्त संसदीय दलको नेताको हैसियतमा पोखरेललाई प्रदेश प्रमुख धर्मनाथ यादवले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । यसअघि नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता पोखरेलले आफ्नो नेतृत्वमा नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम सरकार गठन गर्न प्रदेशसभाका बहुमत सदस्यहरूको हस्ताक्षरसहित प्रदेश प्रमुखसमक्ष दावी पेस गरेको आधारमा पोखरेललाई मुख्यमन्त्री नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरञ्जिवी पौडेलले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।