लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य

आइतबार, वैशाख १९, २०७८

बुटवल । लुम्बिनी प्रदेशसभाको  विशेष अधिवेशन अन्त्य भएको छ ।  मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा गरेपछि प्रदेश प्रमुख धर्मनाथ यादवसमक्ष विशेष अधिवेशन अन्त्यका लागि सिफारिश भएपछि अधिवेशनको औचित्य समाप्त भई  आज अधिवेशन अन्त्य भएको हो । 
लुम्बिनी प्रदेशसभाका सचिव दुर्लभकुमार पुनले सूचना टाँस गर्दै विशेष अधिवेशन अन्त्य भएको जानकारी दिए । प्रदेश प्रमुख यादवले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम आजदेखि अधिवेशन अन्त्य गरेको प्रदेशसभा नियमावली २०७४ को नियम ३(३) बमोजिम प्रदेशसभा सदस्यलाई जानकारीका लागि सूचनापत्र प्रकाशन गरिएको उल्लेख छ ।  प्रदेशसभामा मुख्यमन्त्री पोखरेलमाथिको अविश्वासको प्रस्तावमा छलफल हुने र सोमबार मतदान हुने कार्यक्रम थियो । मुख्यमन्त्री  पोखरेलको राजीनामापछि प्रदेश सरकारको जोडघटाउ शुरु भएको छ । 
 

प्रकाशित मिति: आइतबार, वैशाख १९, २०७८  १५:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार