रवीन्द्र मिश्रको चुनावी खर्च २४ लाख ४९ हजार ६०७ रूपैयाँ

मंगलबार, मंसिर २०, २०७९

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले चुनावमा गरेको खर्च सार्वजनिक गरेका छन् । निर्वाचन आयोग समक्ष पेश गरेको विवरण उनले मंगलबार सामाजिक संञ्जालमा सार्वजनिक गरेका छन् ।   काठमाडौं क्षेत्रनम्बर १ बाट उम्मेदवारी दिएका मिश्रले कुल २४ लाख ४९ हजार ६०७ रूपैयाँ खर्च गरेको उल्लेख गरेका हुन्। यसअघि २०७४ सालको चुनावमा उनले २१ लाख ५० हजार खर्च गरेको समेत जानकारी गराएका छन् ।  प्रेस विज्ञप्ति    मेरो निर्वाचन खर्च रू साढे २४ लाख
प्रकाशन तथा प्रसारणका लागि
हालै सम्पन्न निर्वाचनमा मैले काठमाडौँ क्षेत्र नं एकबाट प्रतिनिधिसभा सदस्यका लागि प्रतिष्पर्धा गर्ने क्रममा २४ लाख ४९ हजार ६०७ रूपैयाँ खर्च भएको विवरण आज निर्वाचन आयोग समक्ष पेश गरेको छु।मलाई यो उल्लेख गर्दा खुशी लाग्छ कि सोही क्षेत्रबाट २०७४ सालको निर्वाचन लड्दा मैले रू २१ लाख ५० हजार खर्च गरेको थिएँ र चुनावी अभियानका क्रममा प्राप्त भएको बढी रकम मेरो पार्टीलाई बुझाएको थिएँ।
पहिलेजस्तै यस पटक पनि निर्वाचन लड्न मैले आर्थिक सहयोगका लागि सार्वजनिक अपील गरेको थिएँ। निर्वाचन आयोगले तोकेको खर्च सीमा रू २५ लाखको हाराहारीमा शुभेच्छुकहरूबाट सहयोग प्राप्त भएपछि मैले भिडियो सन्देश मार्फत अब थप आर्थिक सहयोग नगर्न आग्रह गरेको थिएँ।त्यति हुँदाहुँदै पनि थप केही सहयोग मेरो खातामा प्राप्त भयो, जसबाट प्राप्त कूल सहयोग लगभग रू ३३ लाख हुन गएको छ।यस पटक निर्वाचन खर्चपश्चात बचेको लगभग रू ८ लाख ५० हजार ‘काठमाडौँ क्षेत्र नं १ सरोकार कोष’ मा जानेछ। व्यापक प्रतिकूलतामाझ पनि ममाथि विश्वास गर्ने काठमाडौँ क्षेत्र नं एकका मतदाताप्रति आभार प्रकट गर्न मेरा पछिल्ला दुई पुस्तक ९विचारभन्दा माथि देश र राजनीतिसँगै राजकाज० बाट प्राप्त हुने लेखकश्व र त्यसमा थप रकम जोडेर रू २५ लाखको ‘सीड मनि ९बीज पैसा०’ बाट ‘काठमाडौँ क्षेत्र नं १ सरोकार कोष’ स्थापना गर्ने घोषणा मैले निर्वाचन लगत्तै गरेको थिएँ।निर्वाचनमा करोडौँ करोडको अपारदर्शी खर्चका कारण झनझन चुनावी विकृति बढिरेहको सन्दर्भमा निर्वाचनमा प्राप्त सहयोग, भएको खर्च र बचेको रकमबारे सबै उम्मेदवारले इमानदारीपूर्वक पारदर्शी हुने हो भने मात्र पनि निर्वाचन सुधार र लोकतन्त्रको उन्नयनमा उल्लेख्य रूपमा सकारात्मक असर पर्नेछ।
रवीन्द्र मिश्र
प्रतिनिधिसभा सदस्य उम्मेदवार, काठमाडौँ क्षेत्र नं १
तथा वरिष्ठ उपाध्यक्ष, राष्ट्रिय प्रजातन्त्र पार्टी  
मिति २० मंसिर २०७९ 

प्रकाशित मिति: मंगलबार, मंसिर २०, २०७९  १४:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार