लुम्बिनी प्रदेशकाे मुख्यमन्त्रीमा पोखरेललाई नै अघि सार्ने नेकपा एमाले स‌सदीय दलकाे निर्णय

आइतबार, वैशाख १९, २०७८

बुटवल । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले लुम्बिनी प्रदेशका मुख्यमन्त्रीमा पुनः शंकर पोखरेललाई नै अघि सारेको छ । प्रदेश सरकार गठनका लागि एमाले संसदीय दलको आज बुटवलमा बसेको बैठकले मुख्यमन्त्रीमा पार्टी स्थायी कमिटी सदस्य पोखरेललाई अघि सार्ने निर्णय गरेको सत्तापक्षका प्रमुख सचेतक भूमीश्वर ढकालले जानकारी दिए ।   उनले एमालेको एकल बहुमतको सरकार गठनका लागि दावी पेश गरिने जानकारी दिँदै संविधानको धारा १६८ को उपधारा १ बमोजिम सरकार गठन हुने बताए ।  मुख्यमन्त्री पोखरेलले राजीनामा दिएपछि रिक्त  मुख्यमन्त्रीमा आज नै उनले शपथ लिनेछन् ।  ‘मुख्यमन्त्रीले शपथ लिनुहुनेछ, अन्य मन्त्रीका विषयमा सल्लाह हुँदैछ’, प्रमुख सचेतक ढकालले भने ।  लुम्बिनीमा एमालेका पक्षमा ४१, नेपाली कांग्रेसका १९, नेकपा (माओवादी केन्द्र) का १७, जसपाका दुई र जनामोर्चा नेपालको एक सिट छ । अहिले प्रदेशसभामा कूल ८१ सदस्य छन् ।

प्रकाशित मिति: आइतबार, वैशाख १९, २०७८  १३:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार