अमेरिकामा कोरोनाभाइरसविरुद्ध खोप लिन अनिवार्य नगरिने

शनिबार, मंसिर २०, २०७७

वासिङटन । अमेरिकामा राष्ट्रपति–निर्वाचित जो बाइडनले कोभिड–१९ विरुद्धको खोप उपलब्ध भएको अवस्थामा नागरिकहरूलाई त्यो लिन बाध्य नबनाइने बताएका छन् । आफ्नो घरबाहेक बन्द कोठा भएका जुनसुकै स्थानमा मास्क लगाउन सेन्टर्स फर डिजिज कन्ट्रोल (सीडीसी) ले पहिलो पटक आग्रह गरेपछि बाइडनले त्यस्तो बताएका हुन् । सीडीसीले अमेरिका कोरोनाभाइरसको ‘उच्च दर रहने समयमा प्रवेश गरेको’ बताएको छ । शुक्रवार अमेरिकामा २,५०० संक्रमितको मृत्यु भएको थियो भने झन्डै २ लाख २५ हजारमा संक्रमण पुष्टि भएको छ । अहिलेसम्म त्यहाँ १.४३ करोड मानिस कोरोनाभाइरसबाट सक्रमित भइसकेका छन् । त्यस्तै मृत्यु हुनेको कुल संख्या २ ल ाख ७९ हजार छ । जनवरी २० तारिखमा पदभार ग्रहण गर्न लागेका बाइडनले उक्त समारोहमा ठूलो भिड नहुने अपेक्षा गरेको बताएका छन् ।

खोपबारे बाइडनको नीति
क्लिनिकल परीक्षणले आफूले विकास गरेको खोप ९५ प्रतिशत प्रभावकारी देखाएको बताउने फाइजर र ९४ प्रतिशत प्रभावकारी रहेको बताउने मोडेर्ना दुवैले खोप वितरणका लागि अनुमति माग गर्दै फुड एन्ड ड्रग एड्मिनिस्ट्रेशनमा आवेदन दिएका छन् । फाइजरले बनाएको खोपको प्रयोगलाई विश्वमै पहिलो पटक बुधवार यूकेले अनुमति दिएको थियो । शुक्रबार अमेरिकी उपराष्ट्रपति माइक पेन्सले अबको एक हप्तामा कोभिड–१९ खोपलाई अनुमिति दिने विषयमा टुङ्गोमा पुग्ने बताएका थिए । तर राष्ट्रपति–निर्वाचित बाइडनले भने कोरोनाभाइरस विरुद्धको खोपलाई अनिवार्य बनाउन आवश्यक नपर्ने टिप्पणी गरेका छन् । पीउ रिसर्च सेन्टरका अनुसार ६० प्रतिशत अमेरिकीहरू मात्रै कोरोनाभाइरसविरुद्ध खोप लिन तयार देखिन्छन् । उक्त संख्या गत सेप्टेम्बर महिनामा ५१ प्रतिशत थियो ।
बिहीवार सीएनएनसँग बोल्दै बाइडनले खोपबारे व्यक्त गरिएका सम्भावित चिन्ता कम गराउने पहलस्वरूप आफू सार्वजनिक रूपमा खोप लिन तयार रहेको बताएका थिए । बिल क्लिन्टनले पनि आफूहरू सार्वजनिक रूपमा खोप लिन तयार रहेको बताएका छन् । बाइडनले अमेरिकीहरूलाई १०० दिनसम्म मास्क लगाउन आफ्नो आग्रह दोहो¥याएका छन् । –बीबीसी 
 

प्रकाशित मिति: शनिबार, मंसिर २०, २०७७  १९:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार