सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालमा कोभिड–१९ को सङ्क्रमण देखिएको छ । पिसिआर परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको खनालका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए । सङ्क्रमण भएपछि उनलाई अहिले थापाथलिस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा भर्ना गरिएको छ । यसअघि उनलाई सङ्क्रमण भएपछि मनमोहन मेमोरियल अस्पतालमा भर्ना गरिएको थियो । सङ्क्रमणको दोस्रो लहर आएपछि धेरै मानिसलाई सङ्क्रमण हुन थालेको छ । सरकारकै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपवहादुर रायमाझी, खानेपानी तथा सरसफाइमन्त्री मणिचन्द्र थापामा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
खनाल अक्सिजनको सामान्य सपोर्टमा वरिष्ठ नेता खनाललाई अक्सिजनको सामान्य सपोर्टमा राखिएको छ । नर्भिक अस्पतालमा आज साँझ भर्ना भई उपचाररत रहेका उहाँलाई अस्पतालको अक्सिजनको सामान्य सपोर्टमा राखेर उपचार गरिरहेकोे कर्पोरेट कम्युनिकेशन प्रमुख सोमनाथ बाँस्तोलाले जानकारी दिए । उनका अनुसार पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्य अवस्था सामान्य छ ।