पाकिस्तानमा दोस्रो लहरमा गम्भीर बिरामीको सङ्ख्या पहिलेको भन्दा ५७ प्रतिशतले बढी 

शनिबार, वैशाख १८, २०७८

इस्लामावाद । पाकिस्तानमा कोभिड–१९ को अघिल्लो वर्षको भन्दा गम्भीर बिरामी हुने व्यक्तिको सङ्ख्या कम्तीमा पनि ५७ प्रतिशतले बढेको देखिएको छ । यहाँका अधिकारीहरुले पाकिस्तानमा अघिल्लो वर्षमा भएका बिरामीहरुको तुलनामा यस वर्ष कम्तीमा पनि ५७ प्रतिशतले बिरामी बढेको पाइएको बताएका हुन् ।  पाकिस्तानमा अहिले गम्भीर प्रकृतिका बिरामी भएर भेन्टिलेटरमा रहेको सङ्ख्या पाँच हजारभन्दा बढी छ ।  पाकिस्तानका विभिन्न अस्पतालहरुमा अहिले पाँच हजार ३६० जना कोभिडका बिरामी भेन्टिलेटरमा उपचाररत रहेका बताइएको छ ।  यहाँको स्वास्थ्य मन्त्रालयका एकजना अधिकारीले भनेका छन् कि अघिल्लो वर्ष जुन महिनामा यहाँको कोरोनाका सङ्क्रमितहरुको सङ्ख्या उच्च पुगेको थियो ।  गत वर्षको जुन महिनामा यहाँ सबैभन्दा बढी अर्थात् दुई हजार जना भेन्टिलेटरमा राखिएको थियो । तर अहिले भने यसरी गम्भीर प्रकृतिको बिरामी भएर भेन्टिलेटरमा राख्नु परेका बिरामीको सङ्ख्या पाँच हजार नाघिसकेको छ । 
यहाँका अधिकारीहरुले अघिल्लो वर्षको तुलनामा पाकिस्तानमा कोरोनाको दोस्रो लहर बढी सङ्क्रामक रहेको पनि बताएका छन् । 
पाकिस्तानमा अहिलेसम्म आठ लाखभन्दा बढी व्यक्ति कोरोनाका सङ्क्रमित भएका छन् भने १७ हजार जनाभन्दा बढीको ज्यान गएको बताइएको छ ।–सिन्ह्वा  
 

प्रकाशित मिति: शनिबार, वैशाख १८, २०७८  २१:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार