घण्टीलाई खसेको मत आवेशको : प्रचण्ड

सोमबार, मंसिर १२, २०७९

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको मतलाई जनताले आवेशमा हालेको मत भनी टिप्पणी गरेका छन् ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै आफूहरूले मिहेनेत गरेर काम गर्दा समेत जनतालाई सन्तुष्टि नमिलेको बताएका छन् ।

उनले भने, ‘भर्खरै भएको चुनावतिर नजर लगायो भने राम्रो विकास गरेर तीव्र गतिमा भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य रोजगारीसहित जनताको जीवनमा सहज बनाउन व्यापक रूपमा बढो मेहनत गरेर काम गर्दा पनि मान्छेलाई सन्तुष्टि मिलेको छैन । जनताले विकास र समृद्धि त चाहेका छन् तर, अहिलेको मतपरिणमलाई हेर्दा विकासलाई रुचाएको पनि देखिँदैन ।’

राष्ट्रिय स्वतन्त्र पार्टीलाई गएको मत आवेशको भएकाले राजनीतिक दल र नेतृत्व गम्भीर हुन आवश्यक रहेको प्रचण्डको जिकिर छ ।

प्रकाशित मिति: सोमबार, मंसिर १२, २०७९  १८:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार