सोसल मिडिया
Contact Us
युनिकोड
मस्को । रुसको एक निजी घरमा भएको आगलागीका परी आठ जनाको मत्यु भएको छ । घरमा आगो लागेपछि भित्र रहेका परिवारका सदस्य निस्किन नपाएको जनाइएको छ । आगलागीमा परेर दुईजना बालबालिकाको पनि मृत्यु भएको थियो । शनिबार बिहानै रुसको पर्म भन्ने क्षेत्रमा आगलागी भएको बताइएको छ । त्यसमा परेर एकै परिवारका आठ जनाको ज्यान गएको बताइएको छ । एकतले काठको घरमा आगो लाग्दा परिवारका सदस्य सबैको ज्यान गएको थियो । यो आगलागीको घटना रहस्यमय रहेको भन्दै प्रहरीले अनुसन्धान टोली गठन पनि गरेको छ । टोलीले अनुसन्धान शुरु गरेको र शुरुमा त्यस घटनाका प्रत्यक्षदर्शीसँग बयान लिने काम गरेको छ ।–सिन्ह्वा