धनुषा-४ मा रघुवीरलाई पछि पार्दै कांग्रेसका महेन्द्र यादवको अग्रता कायमै

सोमबार, मंसिर १२, २०७९

धनुषा । धनुषा ४ मा जारी मतगणनाअनुसार नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवले अग्रता कायमै राखेका छन् । यादव सात सय ४५ मतसहित लिड गरिरहेका छन् ।

हालै सार्वजनिक भएको मतगणनाअनुसार कांग्रेसका सहमहामन्त्रीसमेत रहेका यादवले २८ हजार ६ सय ५५ मत प्राप्त गर्दा एमाले उम्मेदवार रघुवीर  महासेठले २७ हजार नौ सय १० मत पाएका छन् ।

अब मिथिला नगरपालिकाको वडा नम्बर  ७, ८, ९, १० र ११ को मतगणना बाँकी छ ।

प्रकाशित मिति: सोमबार, मंसिर १२, २०७९  १८:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार