कैलाली–४ बाट निर्वाचित प्रतिनिधिलाई प्रमाणपत्र वितरण  

आइतबार, मंसिर ११, २०७९

अत्तरिया । कैलाली क्षेत्र नं ४ बाट निर्वाचित प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यलाई निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नं ४ ले प्रमाणपत्र वितरण गरेको छ ।

एक कार्यक्रमका बीच निर्वाचन अधिकृत इन्द्रबहादुर कठायतले प्रतिनिधिसभामा निर्वाचित नेपाली कांग्रेसका वीरबहादुर बलायर, प्रदेशसभा (१)मा निर्वाचित नेकपा (एकीकृृत समाजवादी)का दीर्घबहादुर सोडारी र प्रदेशसभा (२)मा निर्वाचित प्रकाश बमलाई निर्वाचित भएको प्रमाणपत्र वितरण गरेका हुन् ।
प्रमाणपत्र ग्रहणपछि बोल्दै प्रतिनिधिसभामा निर्वाचित बलायरले निर्वाचन सम्पन्न गराउनमा सहयोग गर्ने सम्पूर्ण निर्वाचन अधिकृतको कार्यालयका कर्मचारी, सुरक्षाकर्मीलगायत सम्पूर्णलाई धन्यावाद ज्ञापन गरे । उनले आफूलाई निर्वाचित गराउने जनतालाई पनि धन्यावाद ज्ञापन गरे ।
उनले आफूले निर्वाचनका समयमा बोलेका प्रतिबद्धता दिलोज्यान दिएर पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले आफूलाई मत दिने र नदिने सबैप्रति समान व्यवहार गरी अगाडि बढ्ने बताए । 


 

प्रकाशित मिति: आइतबार, मंसिर ११, २०७९  १५:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार