कर्णालीमा सत्ता गठबन्धनलाई बहुमत

आइतबार, मंसिर ११, २०७९

कर्णाली । विसं २०७४ को प्रदेशसभा निर्वाचनमा बहुमत पु¥याउन एक सिट कम भएको सत्ता गठबन्धनले भर्खरै सम्पन्न निर्वाचनबाट बहुमत प्राप्त भएको छ । यसअघिको निर्वाचनमा माओवादी केन्द्र र एमालेबीच तालमेल भएको थियो । उक्त गठबन्धनले २० सिट जितेको थियो । यसपालीको चुनावमा सत्ता गठबन्धनले १८ सिट जितेको छ । एमाले पाँच सिटमा विजयी भएको छ ।  
एमाले कर्णाली प्रदेशसभा सदस्यमा डोल्पा (१), मुगु (१), जुम्ला (२), दैलेख क्षेत्र नं २ (२) र सुर्खेत क्षेत्र नं २ (१) मा जीत हासिल गरेको छ । अघिल्लो निर्वाचन जितेका सुर्खेत क्षेत्र नं २ (१) का यामलाल कँडेल र क्षेत्र नं २ (२) का विन्दमान विष्ट, डोल्पा (२) का वीरबहादुर शाही र हुम्ला (२) जीवनबहादुर शाही यसपटक पुनः दोहिरिएका छन् । शाही कर्णाली प्रदेशको मुख्यमन्त्रीसमेत हुन् । 
कर्णाली प्रदेशसभाको २४ सिटमध्ये चारमा पुनः  दोहिरिन सफल भएका छन् । अठार नयाँ अनुहारले प्रदेशसभामा प्रवेश पाएका छन् । निर्वाचित दुई प्रदेशसभा सदस्यले प्रतिनिधिसभाको समेत अनुभव लिइसकेका छन् । कर्णाली प्रदेशसभा सदस्य निर्वाचनका लागि सत्ता गठबन्धन दलभित्र नेपाली कांग्रेस १२, नेकपा (माओवादी केन्द्र) १० र नेकपा (एकीकृत समाजवादी) का दुई उम्मेदवार चुनावी मैदानमा उत्रिएका थिए । कांग्रेस र माओवादी केन्द्रले नौ÷नौ तथा एकीकृत समाजवादीले दुवै सिट गुमाएको छ । 
कर्णालीका मुख्यमन्त्री शाही हुम्ला प्रदेशसभा (२)बाट कांग्रेस तथा हुम्ला (१)ं बाट माओवादी केन्द्रका रनसिंह परियार स्वतन्त्र उम्मेदवारका रुपमा निर्वाचित भएका छन् । मुगु प्रदेशसभा (१) मा एमालेका जीतबहादुर मल्ल र प्रदेश (२) मा माओवादी केन्द्रका मङ्गलबहादुर शाही निर्वाचित भए । 
यस्तै जुम्ला प्रदेशसभा (१) मा स्वतन्त्र उम्मेदवार देवेन्द्र शाही र जुम्ला (२) मा एकीकृत समाजवादीका पदमबहादुर रोकाय विजयी भए । डोल्पा प्रदेशसभा (१) मा एमालेका शेरबहादुर बुढा र डोल्पा (२) मा एमालेका धनचन्द्र वैजी विजय भए । 
त्यस्तै, कालीकोट प्रदेशसभा (१) मा माओवादी केन्द्रका दुर्गबहादुर रावत र प्रदेशभा (२) मा कांग्रेसका हिक्मतबहादुर विष्ट विजयी भएका छन् । दैलेख क्षेत्र नं १ (१) र (२) मा कांग्रेसका उम्मेदवार क्रमशः पूर्णबहादुर खत्री र  कृष्णकुमार विसी विजयी भए । दैलेख क्षेत्र नं २ (१) मा कांग्रेसका घनश्याम भण्डारी र (२) मा एमालेका विनोदकुमार शाह विजयी भए । 
यसैगरी सुर्खेत क्षेत्र नं १ (१) मा कांग्रेसका खड्ग पोखरेल र (२) मा माओवादी केन्द्रका कृष्णबहादुर जिसी विजयी भए । सुर्खेत क्षेत्र नं २ (१) मा एमालेका यामलाल कँडेल र प्रदेश (२) मा माओवादी केन्द्रका विन्दमान विष्ट विजयी भए । 
यस्तै सल्यान प्रदेशसभा (१) मा माओवादी केन्द्रका भीमप्रकाश शर्मा र (२)  मा कांग्रेसका सुरेश अधिकारी निर्वाचित भए । रुकुम–पश्चिम प्रदेशसभा (१) र (२) मा माओवादी केन्द्रका क्रमशः महेन्द्र केसी र राजकुमार शर्मा निर्वाचित भए । जाजरकोट प्रदेशसभा (१) र (२) मा कांग्रेसका क्रमशः वेदराज सिंह र राजीवविक्रम शाह निर्वाचित भए । प्रदेशसभा सदस्य ठम्मर विष्ट, पदमबहादुर रोकाय, धर्मराज रेग्मी र कुर्मराज शाही यस पटक पराजित भएका छन् । 
 
कर्णालीका नवप्रवेशी प्रदेशसभा सदस्यहरु

सुर्खेत क्षेत्र नं १ (१) बाट कांग्रेसका खड्ग पोखरेल र  १ (२) बाट माओवादी केन्द्रका कृष्णबहादुर जिसी, सल्यान (१) बाट माओवादी केन्द्रका भीमप्रकाश शर्मा र (२) बाट कांग्रेसका सुरेश अधिकारी, रुकुमपश्चिम (१) र (२) बाट क्रमशः माओवादी केन्द्रका महेन्द्र केसी र राजकुमार शर्मा, जाजरकोट (१) र (२) बाट कांग्रेसका क्रमशः वेदराज सिंह र राजीवविक्रम शाह पहिलो पटक कर्णाली प्रदेशसभामा प्रवेश गर्दैछन् ।
त्यस्तै, डोल्पा प्रदेश (१) बाट एमालेका शेरबहादुर बुढा, जुम्ला (१) बाट स्वतन्त्र उम्मेदवार देवेन्द्र शाही र (२) बाट एमालेका टेकराज पछाई, मुगु (१) बाट एमालेका जीतबहादुर मल्ल र (२) बाट माओवादी केन्द्रका मङ्गलबहादुर शाही, हुम्ला (१) बाट माओवादी केन्द्रका रनसिंह परियार तथा कालीकोट (२) बाट हिक्मतबहादुर विष्ट प्रदेशसभामा प्रवेश गर्दै छन् । 
कालीकोट (१) का दुर्गबहादुर रावत यसअघि प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । दैलेख क्षेत्र नं १ (१) र (२) का क्रमशः पूर्णबहादुर खत्री र कृष्णकुमार विसी, क्षेत्र नं २ प्रदेश (१) बाट घनश्याम भण्डारी पनि प्रदेशसभामा प्रवेश गर्ने नयाँ अनुहार हुन् । प्रदेशसभा (२) बाट निर्वाचित एमालेका विनोदकुमार शाह २०५१ सालमा नेमकिपाबाट दैलेख क्षेत्र नं २ बाट प्रनिनिधिसभा सदस्यमा निर्वाचित भएको थियो । 
 

प्रकाशित मिति: आइतबार, मंसिर ११, २०७९  १४:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार