Dashain Banner
Dashain Banner

मोरङ– १ मा कांग्रेसका लिम्बू विजयी

आइतबार, मंसिर ११, २०७९

उर्लाबारी । मोरङको क्षेत्र नं १ मा नेपाली कांग्रेसका डिगबहादुर लिम्बू विजयी भएका छन् । नेकपा एमालेका घनश्याम खतिवडालाई पराजित गर्दै लिम्बू विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 
निर्वाचन कार्यालयले शनिबार साझ घोषणा गरेको अन्तिम मतपरिणाममा विजयी लिम्वूले २५ हजार सात सय ९४ मत ल्याउदा खतिवडाले २५ हजार चार सय ६९ मत प्राप्त गरेका थिए । विसं २०७४ को निर्वाचनमा खतिवडाले लिम्बूलाई पराजित गरेका थिए भने २०७० मा लिम्बूले खतिवडालाई पराजित गरेका थिए । 
यस्तै प्रदेश सभा १ (१) तर्फ नेकपा एमालेका उमाकान्त खनालले लोकतान्त्रिक वामगठबन्धनका तर्फबाट माओवादीका उम्मेदवार कुशल साम्वालाई तीन हजार पाँच सय २७ मतलेपछि पार्दै विजयी हासिल गरेका छन् भने एमालेका गौतमले १३ हजार पाँच सय ३१ र साम्वाले १० हजार चार मत प्राप्त गरेका थिए । 
यस्तै प्रदेश १ (२) मा पनि नेकपा एमालेका खड्गबहादुर बस्नेतले लोकतान्त्रिक वामगठबन्धनका एकीकृत समाजवादीका उम्मेदवार उपेन्द्रप्रसाद घिमिरेलाई ६ सय ७६ मतले पछि पार्दै विजयी हासिल गरेका छन् । एमालेका बस्नेतले १४ हजार पाँच सय ३९ मत प्राप्त गरेका छन् भने प्रदेश नं १ का सूचना तथा सञ्चारमन्त्रीसमेत रहेका घिमिरेले १३ हजार आठ सय ६३ मत प्राप्त गरे । 

प्रकाशित मिति: आइतबार, मंसिर ११, २०७९  १४:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार