Dashain Banner
Dashain Banner

काँग्रेसकी चित्र लेखालाई हराउँदै बारा–२ मा जसपाका राजकिशोर विजयी

बारा-२ मा पनि जसपाकै उम्मेदवार निर्वाचित
शनिबार, मंसिर १०, २०७९

काठमाडौँ । काँग्रेस नेत्री चित्रलेखा यादवलाई पराजित गर्दै जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार राजकिशोर यादव सिरहा–२ बाट प्रतिनिधि सदस्यमा निर्वाचित भएका छन् । यादवले नेपाली कांग्रेसकी नेत्री चित्रलेखा लाई एक हजार एक सय ५० मतान्तरले पराजित गरेका हुन् । 
निर्वाचन आयोगका अनुसार राजकिशोरले २४ हजार १७८ मत प्राप्त गरेका थिए । चित्रलेखाले २३ हजार २८ मत पाइन् । जनमत पार्टीका उम्मेदवार विनोदकुमार यादव १६ हजार नौ सय दुई मत प्राप्त गरी तेस्रो भएका छन् । सिरहा निर्वाचन क्षेत्र नं–२ मा प्रतिनिधिसभा सदस्यको निम्ति २४ जना उम्मेदवार प्रतिस्पर्धामा थिए । 
बारा क्षेत्र नम्बर २ बाट जसपाकै रामसहायप्रसाद यादव निर्वाचित
बारा क्षेत्र नम्बर २ बाट जसपाकै रामसहायप्रसाद निर्वाचित भएका छन् । निर्वाचन आयोगको पछिल्लो मतपरिणाम अनुसार यादवले १३ हजार आठ सय २२ मत प्राप्त गरेका छन् भने उनका निकटतम नेकपा माओवादी केन्द्रका शिवचन्द्रप्रसाद कुशवाहाले १३ हजार चार सय ६८ मत प्राप्त गरे । उनीहरु बीच तीन सय ५४ मतान्तर छ । 
खरायो चिन्ह पाएका स्वतन्त्र उम्मेदवार रामकिशोरप्रसाद यादव ११ हजार ४३ मत प्राप्त गरी तेस्रो भए । बारा–२ मा जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, हाम्रो नेपाल पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, नेपाल सुसासन पार्टी र स्वतन्त्र गरी २१ जनाले उम्मेदवारी दिएका थिए । 

प्रकाशित मिति: शनिबार, मंसिर १०, २०७९  ०६:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार