Dashain Banner
Dashain Banner

पाल्पा–१ ( २) मा एमालेका सारु निर्वाचित  

शुक्रबार, मंसिर ९, २०७९

रामपुर  ।  प्रतिनिधिसभा पाल्पा– १ ( २)  मा  नेकपा एमालेका खेमबहादुर सारु विजयी  भएका  छन्  । सारुले १४ हजार दुई सय ९६ मत ल्याएर विजयी भएका छन्  भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका शङ्कर खनालले चार हजार सात सय ९१ मत पाएका  सहायक निर्वाचन अधिकृत रामहरि पाण्डेयले जानकारी दिए  । मङ्गोल नेशनल अर्गनाइजेशनका लालबहादुर दर्लामीले दुई हजार ३१, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मणप्रसाद पङ्गेनीले तीन सय ७४ र राष्ट्रिय जनमुक्ति पार्टीका टेकबहादुर रानाले एक सय ६५ ले मत पाएका  छन्  । प्रदेशसभा सदस्यमा २४ हजार ८६ मत खसेकोमा चार सय ९३ मत बदर भएको छ ।   रासस     

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  १७:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार