समानुपातिकमा एमालेले ल्यायो ११ लाख ३१ हजार मत, कांग्रेसको १० लाख ७२ हजार 

शुक्रबार, मंसिर ९, २०७९

काठमाडौँ । गत आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोगकाअनुसार अहिले दिउसो १ बजेसम्मको मतगणनामा प्रतिनिधिसभातर्फको समानुपातिकमा नेकपा (एमाले) शीर्षस्थानमा छ ।
समानुपातिकतर्फको मतगणनामा सुरुआतदेखि नै अग्रता लिइरहेको एमालेले यो अवधिसम्म ११ लाख ३१ हजार सात सय छयात्तर मत पाएको छ । 
नेपाली कांग्रेसले १० लाख ७२ हजार ५५२ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टी पाँच लाख ३५ हजार १६५ मतसहित तेस्रो स्थानमा छ ।
त्यस्तै चौथो स्थानमा रहेको नेकपा (माओवादी केन्द्र)ले चार लाख ९० हजार ४१२ मत पाएको छ भने पाँचौँ स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई लाख ८१ हजार ७९६ मत पाएको छ ।
यो अवधिसम्ममा जनता समाजवादी पार्टीले एक लाख १२ हजार पाँच सय ७९ मत ल्याएको छ । त्यस्तैगरी जनमत पार्टीले ६७ हजार छ सय १४, नागरिक उन्मुक्ति पार्टीले ६२ हजार पाँच सय ४७, नेकपा (एकीकृत समाजवादी)ले १ लाख ३२ हजार ९०४ चार र नेपाल मजदुर किसान पार्टीले ५६ हजार एक सय ८३ मत पाएको छ ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालले ५१ हजार दुई सय मत ल्याउँदा हाम्रो नेपाली पार्टीले २९ हजार चार सय २३ मत पाएको छ । राष्ट्रिय जनमोर्चाले २१ हजार आठ सय १४ मत पाएको छ भने मङ्गोल नेशनल अर्गनाइजेसनले १७ हजार एक सय ८६ मत पाएको छ ।
नेकपा (माले), राष्ट्रिय जनमुक्ति पार्टी, नेपाल सङ्घीय समाजवादी पार्टी, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाललगायत दलहरूको समानुपातिकतर्फको मतसङ्ख्या १० हजारभन्दा कम छ ।
 

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  १३:१६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार