सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले शनिबार शपथ लिएका छन् । कांग्रेसको केन्द्रीय कार्यालय सानेपा एक समारोहबीच सभापति थापाले पद तथा गोपनियताको शपथग्रहण गरेका हुन् । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले थापालाई पद तथा गोपनीयताको शपथ दिलाएका हुन् । शपथ ग्रहण कार्यक्रममा बटुकहरूद्वारा स्वस्ति वाचन गरिएको थियो । सोही कार्यक्रममा निर्वाचन समितिले गगनलाई सभापतिमा निर्वाचित भएको प्रमाणपत्र समेत प्रदान गरेको छ । गगनले शपथपछि शनिबार नै सभापतिको पदबहाली गर्नेछन् । केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यको शपथ भने दशैँपछि गर्ने कांग्रेसले जनाएको छ । थापा कांग्रेसको१५ औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा लोकप्रिय मत प्राप्त गरी सभापतिमा निर्वाचित भएका थिए । सभापतिका प्रतिस्पर्धी श्यामकृष्ण खड्कालाई पराजित गर्दै थापाले ६ हजार ५८४ मत प्राप्त गरेका थिए । उनले कुल मतको ९४.६ प्रतिशत मत प्राप्त गर्दा खड्कीले ३७५ मत अर्थात् ५.४ प्रतिशत मत पाएका थिए ।