कोइलाखानीमा विषालु ग्यास चुहिँदा १८ मजदुरको मृत्यु

शनिबार, मंसिर २०, २०७७

बेइजिङ । दक्षिणपश्चिम चीनस्थित एउटा कोइलाखानीमा विषालु ग्यास चुहिँदा १८ जनाको मृत्यु भएको छ । चुङ्चिङस्थित उक्त खानीमा कार्बन मनक्साइड चुहिएको थियो । सीसीटीभीका अनुसार खानीमा काम गर्ने पाँच जना अझै हराइरहेका छन् भने एक जनालाई जीवितै उद्धार गरिएको छ । उक्त घटनाको अधिकारीहरूले छानबिन सुरु गरिसकेका छन् । सुरक्षासम्बन्धी नियम पालना नगरिने भएकाले चीनका खानीमा प्रायः दुर्घटनाहरू भइरहन्छन् ।
चिनियाँ सरकारी टेलिभिजन सीसीटीभीका अनुसार डियाशुइडोङ खानीमा कामदारहरूले भूमिगत उपकरण फुकाल्न लाग्दै गर्दा ग्यास चुहिएको थियो । उक्त खानी दुई महिनादेखि बन्द थियो । गत सेप्टेम्बर महिनामा चुङ्चिङस्थित अर्को खानीमा आगो लाग्दा १६ जनाको मृत्यु भएको थियो । गत वर्ष डिसेम्बरमा ग्वेजो प्रान्तस्थित अर्को कोइलाखानीमा विस्फोटन हुँदा १४ जनाको मृत्यु भएको थियो । –बीबीसी 
 

प्रकाशित मिति: शनिबार, मंसिर २०, २०७७  १७:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार