बैतडीमा मङ्गलबारदेखि विद्युत् सेवा अवरुद्ध

बुधबार, मंसिर ७, २०७९

बैतडी । बैतडीको दोगडाकेदारमा मङ्गलबारदेखि विद्युत् सेवा अवरुद्ध भएको छ । मङ्गलबार दिउँसो ३ बजे दोगडाकेदार गाउँपालिका–३ खिरेगाउँमा तार चुँडिदा विद्युत् सेवा अवरुद्ध भएको हो ।  खिरेगाउँमा तार चुँडिदा दोगडाकेदारको अधिकांश क्षेत्र अन्धकारमय बनेको छ ।  
विद्युत् सेवा अवरुद्ध हुँदा अन्धकारमा बस्नुपरेको दोगडाकेदार–३ श्रीकोटका गणेशसिंह विष्टले बताए । यसका साथै  निर्वाचन मतपरिणाम सुन्न उत्सुक स्थानीय त्यसबाट समेत वञ्चित भएका छन् । उनले भने, “विद्युत् अवरुद्ध हुँदा अन्धकारमा बस्नु परेको छ, मोबाइलसमेत अफ हुँदा सञ्चारविहीन हुनुपरेको छ ।” विद्युत्बाट सञ्चालन हुने विद्युतीय मिल पनि बन्द रहेका छन् ।  
यता नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र बैतडीका प्रमुख पवन भट्टले भने विद्युत्को लाइन मर्मतका लागि प्राविधिक कर्मचारी खटिएको बताउनुभयो । एक स्थानीय बासिन्दाले रूख काट्दा मेनलाइनको एक किलोमिटर क्षेत्रको तारहरू चुँडिएका छन् । उनले भने, “प्राविधिक कर्मचारी खटाएका छौँ, मर्मत गरेर सञ्चालन गर्न दिउँसोसम्मको समय लाग्छ होला ।”
 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १८:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार