सोसल मिडिया
Contact Us
युनिकोड
सिड्नी । भारतको यात्रालाई हालका लागि गैरकानुनी बनाएको अस्ट्रेलियाली सरकारले त्यहाँबाट फर्कने आफ्ना नागरिकलाई पाँच वर्षसम्म जेलसजाय दिन सकिने बताएको छ । भारतमा ‘कोरोनाभाइरस सङ्क्रमित भई क्वारन्टीनमा बसिरहेका अस्ट्रेलियाका नागरिकहरूको संख्याका आधारमा’ पछिल्लो निर्णय लिइएको स्वास्थ्य मन्त्रालयले उल्लेख गरेको छ । यसै साताको शुरूतिर अस्ट्रेलियाबाट भारतबाट हुने सबै उडानहरूमाथि प्रतिबन्ध लगाएको थियो । भारतमा हाल अनुमानित नौ हजार अस्ट्रेलियाली नागरिक रहेको र तीमध्ये ६०० जनालाई जोखिम समूहमा राखिएको छ ।
सरकारी चेतावनी भारतबाट फर्किरहेका अस्ट्रेलियाका नागरिकको संख्यासँग सरकारको कदम असुहाउँदो भएको एक चिकित्सकले अस्ट्रेलियाको टेलिभिजनलाई भने । ‘हाम्रा परिवारहरू भारतमा मरिरहेका छन् । त्यहाँबाट निस्कनुको विकल्प नै छैन । यो सरकारी कदम त उनीहरूलाई परित्याग गर्न बनाएको जस्तो छ’ जीपी तथा स्वास्थ्य टिप्पणीकार व्योम शार्मरले भने । सोमवारबाट लागु हुने गरी अस्ट्रेलिया पुग्नु १४ दिनअघि भारतमा रहेको भए त्यस्ता मानिसहरूलाई स्वदेश फर्कन प्रतिबन्ध लगाइएको छ । त्यसको उल्लंघन गर्नेहरूलाई पाँच वर्षसम्म जेल सजाय वा ६६ हजार अस्ट्रेलियाली डलर जरिवाना अथवा दुवै सजाय हुन सक्छ । ‘सरकारले यी निर्णयहरू हल्का ढङ्गले लिएको होइन’ स्वास्थ्यमन्त्री ग्रेग हन्टले वक्तव्यमा भनेका छन् । भारतमा कोरोनाभाइरस सङ्क्रमणको उच्च दरलाई ध्यानमा राख्दै कैयौँ मुलुकले उडानमा प्रतिबन्ध लगाइसकेका छन्
भारतमा सङ्क्रमणको अवस्था भारतमा शुक्रबार ४ लाख ८ हजार ३२३ नयाँ सङ्क्रमित थपिएका छन् । एकै दिन यो संख्यामा हालसम्म विश्वको कुनै पनि देशमा सङ्क्रमित थपिएका छैनन् । भारतमा पछिल्लो केही दिनयता दैनिक ३ लाखभन्दा बढी सङ्क्रमितहरू थपिने गरेका छन् । पछिल्लो एक हप्तामा मात्र १० लाखभन्दा बढी नयाँ सङ्क्रमितहरू थपिएका छन् भारतमा हालसम्म १ करो ९१ लख ६३ हजार ४८८ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् भने २ लाख ११ हजार ७७८ जनाको कोभिडबाट मृत्यु भएको तथ्याङ्क छ ।–बीबीसी