कोभिड–१९ अवस्थाको सामना गर्न जनताबीच पुग्न भारतीय प्रधानमन्त्री मोदीको सुझाव

शुक्रबार, वैशाख १७, २०७८

नयाँ दिल्ली । प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार सङ्घीय मन्त्रिपरिषद्को बैठकमा सरकारका सबै अङ्गले एकजुट र द्रूतरूपमा काम गरिरहेको बताएका छन् । कोभिड–१९ को दोस्रो लहरले पैदा गरेको अवस्थालाई सामना गर्न जनताको बीचमा पुगेर काम गर्न उनले बैठकमा उच्चपदस्थ कर्मचारी तथा मन्त्रीहरूलाई निर्देशन दिएका छन् ।  उनले मन्त्रीहरूलाई आ–आफ्नो क्षेत्रका मानिसहरूसँग सम्पर्कमा रहन, मद्दत गर्न र उनीहरूको सुझाव लिन पनि आग्रह गरेको उनको कार्यालयले जनाएको छ ।  प्रधानमन्त्री मोदीले स्थानीयस्तरमा समस्याहरू तुरुन्त पहिचान गरी सम्बोधन गर्न सुनिश्चित हुनुपर्नेमा जोड दिएको बताइएको छ ।  भिडियो सम्मेलनको माध्यमबाट बसेको बैठकमा केन्द्रीय मन्त्रीहरू, प्रधानमन्त्रीका मुख्य सचिव र क्याबिनेट सचिव पनि उपस्थित थिए ।–एएनआई

प्रकाशित मिति: शुक्रबार, वैशाख १७, २०७८  २१:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार