विहारका मुख्यसचिव अरुण कुमारको कोभिड सङ्क्रमणको कारण निधन

शुक्रबार, वैशाख १७, २०७८

पटना । विहारका मुख्य सचिव अरुणकुमार सिंहको शुक्रबार कोभिड–१९ को सङ्क्रमणका कारण पटनामा निधन भएको छ । सिंह भारतीय प्रशासनिक सेवा (आईएएस) का वरिष्ठ अधिकारी हुन् । कोरोनाभाइरस परीक्षणमा सङ्क्रमण पुष्टि भएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचारका क्रममा निधन भएको विहारका मुख्यमन्त्री नीतिश कुमारले जानकारी दिएका छन् ।  जनता दल युनाइटेडका सर्वोच्च नेता कुमारले राज्यको विधानसभा चुनाव जितेको केही दिनपछि यसैवर्षको फेब्रुअरीमा विहारको मुख्य सचिवका रूपमा नियुक्त भएका थिए ।  सन् १९८५ मा अधिकृतमा नाम निकालेका सिंहलाई वरिष्ठ आईएएस अधिकारी दीपक कुमारको ठाउँमा लगिएको थियो ।  विहारमा हाल एक लाख ८८२ जना कोभिड–१९ को सक्रिय सङ्क्रमित रहेका छन् भने भारतीय यस राज्यमा अहिलेसम्म कोभिड–१९ सङ्क्रमणका कारण दुई हजार ४८० व्यक्तिको मृत्यु भइसकेको छ ।  भारतले बिहीबार कोभिड–१९ सङ्क्रमितको सङ्ख्या तीन लाख ८६ हजार ४५२ पुगेका, तीन हजार ४९८ को मृत्यु भएको छ । बिहीबार कोभिड–१९ सङ्क्रमित करिब तीन लाख सङ्क्रमणमुक्त भएका छन् ।–एएनआई  
 

प्रकाशित मिति: शुक्रबार, वैशाख १७, २०७८  २१:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार