विप्लबका दाजु दाजु चन्द्रबहादुर थुनामुक्त

शुक्रबार, वैशाख १७, २०७८

चितवन । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दका दाजु चन्द्रबहादुर थुनामुक्त भएका छन् । जिल्ला अदालत नवलपरासीको आदेशमा उनलाई कारागारमुक्त गरिएको चितवन कारागारका प्रमुख कमलप्रसाद काफ्लेले जानकारी दिए ।  उनलाई आज नै जिल्ला अदालत पश्चिम नवलपरासीसमक्ष बुझाइएको थियो । ‘हाम्रा साथीले उनलाई नवलपरासी (सुस्ता पश्चिम) को अदालतमा छाडेर आउनुभयो, त्यहाँबाट उहाँ रिहा हुनुभयो’ काफ्लेले भने । पहिला २५ हजार रुपैयाँ धरौटी बुझाएर छुट्न नमानेकामा अहिले सोही धरौटीमा रिहा भएको कारागारका प्रमुख काफ्लेले बताए । स्वास्थ्यमा समस्या देखिएपछि भरतपुरमा उपचारका लागि भनेर उनलाई विसं २०७७ असोज २८ गते चितवन कारागार ल्याइएको थियो । अघिल्लो पटक कोभिड भई कमजोर बनेका उनलाई घाँटी र पेटमा समस्या देखिएको थियो ।
 

प्रकाशित मिति: शुक्रबार, वैशाख १७, २०७८  १७:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार