चौबीस दिनदेखि बेपत्ता हेमराज अझै बेखबर,  भेट्टाउनेलाई  १० लाख पुरस्कार

बिहीबार, कात्तिक १७, २०७९

गलेश्वर । विगत २४ दिनदेखि बेपत्ता म्याग्दीका एक पुरुष अझै फेला परेका छैनन् । म्याग्दीको बेनी नगरपालिका–५ पुलाचौर स्थायी घर भई हाल काठमाडौँ महानगरपालिका–१६ बनस्थली बस्ने ५० वर्षीय हेमराज शर्माको अहिलेसम्म अत्तोपत्तो छैन । 
गत महिना असोज २६ गते आइतबार साँझ ४ बजेदेखि बेपत्ता भएका शर्माको खोजीकार्यमा अहिलेसम्म कुनै पनि प्रगति नभएको शर्माका आफन्त विवेक शर्माले बताए । सामाजिक एवं राजनीतिक गतिविधिमा सक्रिय शर्मा एक्कासि सम्पर्कविहीन भएपछि परिवारका सदस्यले खोजीकार्यका लागि अपिल गरे पनि हालसम्म फेला नपरेपछि सूचना दिनेलाई परिवारले नगद १० लाखसमेत पुरस्कार दिनेसमेत घोषणा गरेको छ ।
घर परिवारमा पनि कुनै झैझगडा मनमुटाव नभए पनि केही आत्तिएको जस्तो भने देखेको परिवारका सदस्यको भनाइ छ । परिवारका सदस्य, आफन्त, शुभचिन्तक र प्रहरीले काठमाडौँ आसपासका क्षेत्रमा नियमित जाने स्थान तथा वनजङ्गल, खोलानाला र देशका विभिन्न स्थानमा समेत व्यापकरूपमा खोजी गरिसकेको तथा अहिलेसम्म कुनै सुराक फेला नपरेपछि परिवार चिन्तित भएका छन् ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १७, २०७९  ०५:१६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार