सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । काठमाडौँ क्षेत्र नं ६ को प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा नयाँ र पुराना उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा प्रतिनिधिसभाका लागि नेपाली कांग्रेसका भीमसेनदास प्रधान र नेकपा (एमाले)बाट सर्वेन्द्र खनाल चुनावी मैदानमा छन् । उक्त क्षेत्रमा प्रधान दुईपटक सांसदमा निर्वाचित उम्मेदवार हुन । । खनाल भने पहिलोपटक उक्त क्षेत्रबाट प्रतिस्पर्धा गर्दै छन् ।
काठमाडौँको बागबजार, पुरानो बसपार्क, कमलादी, असन, ठमेल, लैनचौर, गल्कोपाखा, सामाखुशी, नयाँ बसपार्क, गोँगबु, बानियाँटार, काभ्रेस्थली, धर्मस्थली, मनमैजु, साङ्ला, झोरलगायतका क्षेत्र रहेको सो क्षेत्रमा ६२ हजार एक सय दुई मतदाता छन् । क्षेत्र नं ६ ‘क’मा कांग्रेसबाट हरिप्रभा श्रेष्ठ ‘खड्गी’ र (ख) मा विष्णुभक्त तिमल्सिना उम्मेदवार बनेका छन् । एमालेबाट क्षेत्र नं ६ ‘क’ मा निरेशलालसिंह महर्जन र ‘ख’ मा अमनकुमार मास्के उम्मेदवार छन् ।