निर्वाचनमा गठबन्धनलाई कुनै पनि शक्तिले पराजित गर्न सक्दैन : माधव नेपाल 

मंगलबार, कात्तिक १५, २०७९
Global Ime Bank

महेन्द्रनगर (धनुषा) ।  नेकपा (एकीकृत समाजवादी)  पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आगामी निर्वाचनमा गठबन्धनलाई कुनै पनि शक्तिले पराजित गर्न नसक्ने दाबी गरेका छन् । 
जनकपुरधाममा धनुषा निर्वाचन क्षेत्र नम्बर–२ द्वारा आज आयोजित पार्टीको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले केपी शर्मा ओलीले पार्टीलाई दास बनाउन खोजेपछि आफूहरुले विद्रोह गरेको बताए  । संविधान रक्षा, स्थायी सरकार र राष्ट्रिय विकासका लागि पाँच दलीय गठबन्धन अवधारणा अघि सारिएको उनले बताए । 
जनताले २०७४ सालको निर्वाचनमा कम्युनिष्ट पार्टीलाई दुई तिहाई बहुमत दिए पनि ओलीले कुनै काम गर्न नसकेको अध्यक्ष नेपालको आरोप थियो । “गठबन्धन संविधानको रक्षाका लागि बनेको हो”, उनले भने । 
कार्यक्रममा रामविनोद यादवको अगुवाइमा विभिन्न व्यक्ति एकीकृत समाजवादीमा प्रवेश गरेका थिए । कार्यक्रममा धनुषा–२ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रामचन्द्र झालगायतले पनि आफ्नो धारणा राखेका थिए । 
 

प्रकाशित मिति: मंगलबार, कात्तिक १५, २०७९  २०:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार