आज एमालेले चुनावी घोषणापत्र सार्वजनिक गर्दै, ओलीले लाइभ डिबेट पनि गर्ने

मंगलबार, कात्तिक १५, २०७९
Global Ime Bank

काठमाडौं । नेकपा एमालेले आज मंगलबार मध्याह्न चुनावी घोषणापत्र सार्वजनिक गर्दैछ । दिउँसो साढे एक बजे होटल याक एण्ड यतीमा अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गर्ने नेकपा एमालेका कार्यालय सचिव भिष्म अधिकारीले जानकारी दिए । सोही समारोहमा अध्यक्ष ओलीले त्यहीँ लाइभ डिबेट गर्नेछन् । एमालेको घोषणापत्रमा समृद्धिको मार्गचित्र समेटिएको बताइएको छ । 
यसअघि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपा, नेमकिपालगायतका दलहरुले चुनावी घोषणापत्र सार्वजनिक गरिसकेका छन् ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १५, २०७९  ११:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार