सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । सत्ता गठबन्धनमा आबद्ध नेकपा९माओवादी केन्द्रले आगामी मङ्सिर ४ गतेका लागि तय भएको प्रतिनिधिसभा र प्रदेशसभाका लागि आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन् । उनले केही नीतिगत र कार्यक्रमगतरुपमा प्रतिबद्धतापत्रमा स्पष्टसँग उल्लेख गरिएको जानकारी दिए । अध्यक्ष दाहालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रका लागि मिल्ने शासकीयस्वरुप प्रत्यक्ष निर्वाचित राष्ट्रपति भएको र आम जनताको पहुँच रहने गरी पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुने विषयलाई प्रतिबद्धतापत्रमा समावेश गरिएको बताए । माओवादीले विसं २०४७ पछि सार्वजनिक पदमा रहेका सबै व्यक्तिको सम्पत्ति छानबिन गर्ने विषयलाई प्रतिबद्धतापत्रमा समावेश गरेको उनले जानकारी दिए । प्रतिबद्धतापत्र तयारी समितिका सदस्य डा मिनबहादुर श्रेष्ठले प्रतिबद्धतापत्रमा समावेश गरिएका विषयवस्तुका बारेमा जानकारी गराए ।
गठबन्धन टिक्छ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान गठबन्धन टिक्ने बताएका छन् । सोमबार चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रममा गठबन्धन टिक्छ कि टिक्दैन भनेर सञ्चारकर्मीले सोधेको प्रश्नमा अध्यक्ष प्रचण्डले भने,‘गठबन्धन टिक्छ ।’ उनले गठबन्धन किन बन्यो भन्ने विषयसँग गठबन्धनको आयु आधारित भएको भन्दै भने, ‘जबसम्म यो देशमा झण्डै ७० वर्ष लडेर शसस्त्र र शान्तिपूर्ण आन्दोलनको योगफलका रूपमा प्राप्त भएको संविधानमाथि घात हुने र उल्ट्याउने षडयन्त्र रहिरहन्छ गठबन्धनको आवश्यकता पनि रहिराख्छ ।’उनले गठबन्धनमा रहेका दलहरूले अलगअलग प्रतिबद्धता जारी गरेपनि गठबन्धन साझा प्रतिबद्धताका साथ अगाडि जाने दाबी गर्दै त्यसमार्फत आर्थिक विकासलाई अघि बढाउने बताए ।