नेकपा एकीकृत समाजवादीको घोषणापत्रमा  निर्वाचन प्रणालीमा सुधार गर्ने प्रतिबद्धता

सोमबार, कात्तिक १४, २०७९
Global Ime Bank

काठमाडौं । नेकपा एकीकृत समाजवादीले निर्वाचन प्रणालीमा सुधार गर्ने प्रतिबद्धता जनाएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको घोषणापत्र सार्वजनिक गर्दै अहिलेको निर्वाचन प्रणाली अत्यन्त खर्चिलो, भड्किलो र जटिलसमेत रहेको ठहर पनि गरेको छ । यो निर्वाचनमा पार्टी र उमेदवारले कम खर्चिलो प्रचार अभियान सञ्चालन गर्ने समेत घोषणापत्रमा उल्लेख   छ    ।  अहिलेको निर्वाचन प्रणाली अत्यन्त खर्चिलो, भड्किलो र जटिलसमेत छ । हामी यस निर्वाचन प्रणलीमा सुधार गरेर सरल र कम खर्चिलो बनाउन चाहन्छौँ,” घोषणापत्रमा भनिएको छ, “यसैपटक पनि हाम्रो पार्टीले कमभन्दा कम खर्चिलो चुनाव प्रचार अभियान सञ्चालन गर्नेछ । र, हाम्रा उमेदवारहरूले पनि कम खर्चिलो चुनाव प्रचार अभियान सञ्चालन गर्ने छन् ।”         

प्रकाशित मिति: सोमबार, कात्तिक १४, २०७९  १४:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार