नेकपा (एकीकृत समाजवादी)को  घोषणापत्र समाजवादमा आधारित

सोमबार, कात्तिक १४, २०७९
Global Ime Bank

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले आगामी    मङ्सिर ४ गते हुने प्रतिनिधिसभाका साथै प्रदेशसभा निर्वाचनका लागि आर्थिक–सामाजिक रुपान्तरणसहितको समृद्धि तथा समाजवादमा आधारित घोषणापत्र तयार पारेको छ ।
जनताको अधिकार, आधारभूत स्वास्थ्य शिक्षा र आहारलाई विशेष जोड दिइएको घोषणापत्रमा उत्पादन र रोजगारका माध्यमबाट आर्थिक समृद्धि प्राप्त गर्ने लक्ष्य राखिएको छ । विकासका लागि भौतिक पूर्वाधारमा लगानी गर्ने विषयमा उल्लेख गरिएको घोषणापत्रमा १५ बुँदे नारा समावेश गरिएको छ । खानी, कृषि, पशु वन, उद्योग र पर्यटन क्षेत्रको विकास गर्ने विषयमा जोड दिइएको छ ।
राष्ट्रिय स्वाभिमान, संविधानको रक्षा र स्थिरताका लागि सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका साथै सुशासन र पारदर्शितासहितका विषय घोषणापत्रमा उल्लेख गरिएको छ । सामाजिक विभेदको अन्त्य गरी न्याय, समानता कायम राख्ने तथा घरेलु उद्योगको विकास गरी आत्मनिर्भर र स्वावलम्बन अर्थतन्त्रको विकास गर्ने लक्ष्य राखिएको छ । पिछडिएको क्षेत्र र समुदायका हितमा कार्य गर्ने, मिटरब्याजीलगायत सबै खाले शोषण तथा उत्पीडनको अन्त्य गर्ने विषयलाई प्राथमिकतामा राखिएको पार्टीका महासचिव डा वेदुराम भुसालले जानकारी दिए ।
 

प्रकाशित मिति: सोमबार, कात्तिक १४, २०७९  ०४:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार