सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफ्नो प्राथमिकता कानून निर्माण र पूर्वाधारको विकास रहेको बताएका छन् ।चुनावी अभियानका क्रममा मतदातासँग भेट गर्दै सिंहले बिगतमा पनि धेरै काम गरेको बताउँदै आगामी दिनमा जनताको अपेक्षा अनुसार काम गर्ने बताए । काठमाडौं क्षेत्र नं १ बाट सत्ता गठबन्धनतर्फका उम्मेदवार सिंहले अझै पनि विकासका कामलाई अगाडि बढाउन उचित कानून नहुँदा समस्या परेको भन्दै ती कानून निर्माण गर्ने र विकासका काम अघि बढाउने दाबी गरे । राजनीति सेवा भावले प्रेरित भएर शुरु गरेको बताउँदै उनले चुनावी अभियानमा सबै खाले उमेदवार र राजनीति दल घरदैलोमा आएर मत माग्नु स्वभाविक भए पनि आफूले विवेक गरेर मत हाल्नुपर्ने बताए ।