उम्मेदवारी खारेजविरूद्ध सर्वोच्चमा रिट हाल्दै तोसिमा कार्की   

आइतबार, कात्तिक १३, २०७९
Global Ime Bank

 

 ललितपुर  । ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार रहेकी डा। तोसिमा कार्कीको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरिदिएपछि आयोगको निर्णयविरूद्ध कार्की सर्वोच्च अदालत जाने भएकी छन्।    निर्वाचन आयोगले शनिबार कार्की उम्मेदवार हुन अयोग्य रहेको विज्ञप्ति निकालेको थियो। उम्मेदवारी खारेजविरूद्ध  313047883_10224648448571496_5433993706873223815_n1667115760.jpgउनी सर्वोच्च अदालत खुलेपछि रिट लिएर जाने भएकी छन्। उम्मेदवारी खारेज गर्ने आयोगको निर्णयविरूद्ध म सर्वोच्च जान्छु,ु उनले भनिन् ।  सार्वजनिक पदमा बसेर लाभ लिइरहेका व्यक्तिले राजीनामा नदिई उम्मेदवारी दिएको भन्दै आयोगले कार्कीको उम्मेदवारी खारेज गरेको थियो। कार्की नेपाल मेडिकल काउन्सिलकी निर्वाचित सदस्य हुन्। उनी काउन्सिलको बैठक तथा अनुगमनमा जाँदा भत्ता लिएको पाइएकोले पनि आयोगको  भनाइ  छ ।  toshima karki116670502691667115682.jpg

तर कार्कीले भने काउन्सिलमा निश्चित तलब नहुने, बैठकमा उपस्थित हुँदा भत्ता मात्रै पाउने र निर्वाचित सदस्य भएकोले नेपाल मेडिकल काउन्सिलको सदस्य पद लाभको पद नहुने धारणा पाइएको उल्लेख गर्दै आएकी छन्। आफूले गत भदौ २८ मा पत्र लेखेर काउन्सिलको सदस्य पद लाभको पद हो वा होइन भन्नेबारे आयोगलाई सोधेको पनि उनले उल्लेख गरेकी छन्। तर यो पत्रमा आयोगले कार्कीलाई जवाफ दिएको थिएन।   सेतोपाटी   312098931_423707553285912_1418877141105045376_n1667115720.jpg

 

प्रकाशित मिति: आइतबार, कात्तिक १३, २०७९  १३:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार